डेङ्गी नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेघा अभियान « Khabarhub

डेङ्गी नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेघा अभियान


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय डेङ्गीका बिरामी बढ्दै गएपछि नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ‘वाक एन्ड एक्ट’ मेघा अभियान सञ्चालन गरेको छ । 

डेङ्गी नियन्त्रणका लागि महानगरपालिकाको ३२ वटै वडामा एकै पटक गरिएको मेघा अभियान प्रत्येक वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत गरिएको महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाको स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण ‘फोकल पर्सन’ ऋषिप्रसाद भुसालका अनुसार लामखुट्टे बस्ने स्थान नष्ट गर्ने, माइकिङ गर्ने, नगरवासीलाई सचेत गराउने लगायत काम गरिँदै आएको छ । 

महानगरपालिकाले यसअघि नै लामखुट्टेको बासस्थान खोज र नष्ट गर् अभियान सञ्चालन गर्दै आएको छ । यसलाई थप प्रभावकारी बनाउन मेघा अभियान थालिएको उनले बताए । पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइका लागि जनचेतनामूलक अभियान अगाडि बढाइएको भुसालले जानकारी दिए ।  

त्यस्तै, डेङ्गीको जोखिम कम गर्न र सावधानी अपनाउन  समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको छ । भुसालले भने, ‘समान्य जानकारी नहुँदा डेङ्गी फैलिरहेको छ । यसलाई नियन्त्रण गर्न खोज र नष्ट गर् अभियान सुरु गरेका हौँ ।’ 

महानगरपालिकाले विद्यालयमै पुगेर बालबालिकामार्फत डेङ्गी नियन्त्रणका लागि सचेतना कार्यक्रम गरेको छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका टङ्याकी आदिमा लामखुट्टेले फुल पार्छ । 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १२ : ४७ बजे

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने