चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने « Khabarhub

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको करिब ४.४ अर्ब पाउन्डको सञ्चित कोषबाट सदस्य राष्ट्रलाई थप रकम वितरण गर्न सकिने संकेत गरेका छन्।

बीबीसी स्पोर्ट्सका अनुसार फिफाका ६ वटा महादेशीय महासंघहरूलाई पत्र लेख्दै अध्यक्ष इन्फान्टिनोले जिम्मेवार तरिकाले दिन सकिने सबैभन्दा उच्च स्तरको अतिरिक्त आर्थिक सहयोगलाई आफूले समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।

फिफा विश्वकप र अन्य प्रतियोगिताको अधिकार निजी लगानीकर्तालाई बेच्ने प्रस्ताव ‘फिफा फरवार्ड इन्टरप्राइज’ (एफएफई) योजना चौतर्फी विरोधपछि फिर्ता लिनुपरेपछि इन्फान्टिनो निरन्तर दबाबमा छन्। युरोपेली फुटबल महासंघ (युइएफए) र उत्तर, मध्य अमेरिका तथा क्यारिबियन क्षेत्रको महासंघ (कन्काकाफ) ले फिफाको सञ्चित कोषबाट आफ्ना सम्पूर्ण २११ सदस्य राष्ट्रलाई जनही १ करोड अमेरिकी डलर (करिब ७५ लाख पाउन्ड) उपलब्ध गराउन माग गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

यो प्रस्तावमाथि आगामी अक्टोबर १५ मा बस्ने फिफा काउन्सिलको बैठकमा छलफल हुनेछ।

अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेका बेला इन्फान्टिनोले आफ्नो विवादित व्यावसायिक प्रस्तावको पुनः बचाउ गरेका छन्। यसै महिनाको सुरुमा इंग्ल्यान्डको फुटबल एसोसिएसन (एफए) की अध्यक्ष तथा फिफा उपाध्यक्ष डेबी हेविटले विवादित योजनासँग सम्बन्धित सबै कागजात सार्वजनिक गर्न र एफएफईको स्वतन्त्र समीक्षा गर्न इन्फान्टिनोसँग माग गरेकी थिइन्।

इन्फान्टिनो आगामी मार्च २०२७ मा चौथो कार्यकालका लागि अध्यक्षको चुनाव लड्दै छन्। उनीविरुद्ध प्रतिस्पर्धा गर्न चाहने उम्मेदवारहरूका लागि नोभेम्बर १८ सम्मको समयसीमा तोकिएको छ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ६ : ५१ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का