शिक्षा विधेयकमा शिक्षक असन्तुष्ट, आन्दोलनको कार्यक्रम घोषणा  | Khabarhub Khabarhub

शिक्षा विधेयकमा शिक्षक असन्तुष्ट, आन्दोलनको कार्यक्रम घोषणा 


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दा सम्बोधन नभएको भन्दै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ ।  

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।

विधेयकमा उल्लेख धेरै विषय सकारात्मक रहे पनि शिक्षक कर्मचारीका मुख्य सरोकार सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।

उनले पहिलो चरणको आन्दोलन अन्तर्गत भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने र भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउँदै २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने जानकारी दिए । 

त्यस्तै भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने उनले बताए।

अध्यक्ष सुवेदीले भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने र अवधारणात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याउने चेतावनी दिए ।  

उनले अबको आन्दोलन यसअघिको भन्दा कडा र दबाबपूर्ण हुने बताए  । सुवेदीले सरकारले आफूसँग गरेको सहमति कार्यान्वयनमा मात्रै महासंघको जोड रहेको धारणा राखे । उनले आफ्ना माग मुद्दाहरू समेटिने गरी संसदमा छलफल भएर विधेयक पारित हुने विश्वास व्यक्त गरे । 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १ : २५ बजे

पूर्वराष्ट्रपतिले असन्तुष्ट र जनसंगठनमा हारेकालाई बोकेर हिँडेको ओलीको आरोप

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी

वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं– वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ संघीय संसद्को प्रतिनिधिसभाबाट

प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको संविधान संशोधन अब

पूर्वराष्ट्रपति निवासमा तीज विशेष कार्यक्रम (तस्बिरहरू)

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी निवास भंगालमा शुक्रबार तीज कार्यक्रम

सुदूरका मुख्यमन्त्रीले भने- जनताले दिएको मन र मतको सधैँ सम्मान गर्छु

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूलाई जनताले दिएको मन