लिपुलेकलाई समेटेर व्यापार मार्ग खोल्ने सहमतिमा राप्रपाको विरोध  | Khabarhub Khabarhub

लिपुलेकलाई समेटेर व्यापार मार्ग खोल्ने सहमतिमा राप्रपाको विरोध 


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारसँग उच्चस्तरीय कूटनीतिक पहलमार्फत भारत र चीनबीच भएको पछिल्लो सम्झौता खारेज गर्न माग गरेको छ । 

राप्रपाले दुवै छिमेकी मुलुकलाई कुनै पनि प्रकारको अतिक्रमण वा उल्लंघन सह्य नहुने स्पष्ट सन्देश दिन पनि सरकारसँग आग्रह गरेको छ । 

‘राप्रपा नेपालको भूस्वाधीनता र राष्ट्रिय स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिएको छ । यस विषयमा नेपाल सरकारले तत्काल भारत र चीनसँग उच्चस्तरीय कूटनीतिक पहल गरी सहमति खारेज गर्न माग गर्दछ ,’ प्रतिनिधिसभा बैठकमा सांसद अनिशा नेपालीले भनिन्, ‘कुनै पनि प्रकारको अतिक्रमण वा उल्लंघन सह्य नहुने स्पष्ट सन्देश दिन सरकारसँग आग्रह गर्दछ ।’ 

उनले भारत र चीनबीच हालै भएको सहमतिअनुसार लिपुलेक हुँदै व्यापारमार्ग खोल्ने निर्णयबारे पार्टीका तर्फबाट गम्भीर आपत्ति जनाइन् । 

‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा अप्रत्यक्ष असर पार्ने यस्ता कुनै पनि निर्णयमा नेपाल सरकारलाई पूर्ण रूपमा उपेक्षा गर्दै एकतर्फी रूपमा लिइएको कदम हाम्रो देशको सम्मान र स्वाधीनतामाथि गम्भीर प्रहार हो,’ नेपालीले भनिन् ।  

लिपुलेक, लिम्पयाधुरा र कालापानी नेपालका अविभाज्य अंग हुन् भन्ने ऐतिहासिक प्रमाण नक्सा र सन्धि–सम्झौताले प्रष्ट देखाएको उनले जिकिर गरिन् । 

‘यसरी नेपालसँग छलफल नगरी दुई देशबीच व्यापारिक मार्ग खोल्ने सहमति गर्नु नेपालप्रति असम्मानजनक मात्र नभई अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक मर्यादा विपरीतको कार्य हो,’ राप्रपा सांसद नेपालीले भनिन् ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १ : ५४ बजे

एकैछिन ठूलो पानी पर्दा बबरमहल जलमग्न (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा केही बेर भएको भारी वर्षाले सडक जलमग्न बनाएको

लुम्बिनीका उद्योगमा श्रमिकले पाउँदैनन् न्यूनतम ज्याला

काठमाडौँ – लुम्बिनी प्रदेशभित्र सञ्चालन भएका अधिकांश उद्योगमा काम गर्ने

लिपुलेकबाट व्यापारिक नाका खोल्ने भारत–चीन सहमतिप्रति समाजवादी मोर्चाको आपत्ति

काठमाडौँ- भारत र चीनबीच हालै भएको लिपुलेक व्यापारिक नाका सञ्चालन

पाकिस्तानमा वर्षाजन्य विपदबाट २४ घण्टामा २४ जनाको मृत्यु

इस्लामावाद– पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले पाकिस्तानमा विगत

लिपुलेकका विषयमा भारत र चीनबीचको सम्झौता स्वीकार्य छैन : सांसदहरू

काठमाडौं– प्रतिनिधिसभामा भारत र चीनबीच नेपालको लिपुलेक क्षेत्रलाई व्यापारिक मार्ग