सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश सरकारले सञ्चार नियमन ऐन ल्याउने : गृहमन्त्री लेखी « Khabarhub

सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश सरकारले सञ्चार नियमन ऐन ल्याउने : गृहमन्त्री लेखी


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश सरकारले नियमन ऐन ल्याउने बताएका छन् । 

मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजको नव निर्मित आन्तरिक प्रशिक्षण भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मधेश प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री लेखीले प्रदेश सरकारले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले सञ्चार नियमन ऐन ल्याउने बताएका हुन् । 

समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका गृह मन्त्री लेखी राज्यको चौथो अंगको रूपमा रहेको प्रेस जगतमा हिजो आज विकृति विसङ्गति बढिरहेको ,सामाजिक संजालमा लाइक र भ्यूजको लागि तथ्यहीन,आधारहीन र भ्रामक समाचारहरू सम्प्रेषण गर्ने प्रवित्ती बढिरहेको हुँदा सञ्चार क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन छिट्टै सञ्चार नियमन ऐन ल्याउने तयारी गरिरहेको बताए । 

मधेस सरकारको ३ करोड १८ लाख ५० हजार ८४६  को लागतमा २०० जना प्रशिक्षार्थी हरू एक साथ प्रशिक्षणमा सहभागी हुन सक्ने क्षमता को ४ वटा कोठा सहित २ वटा भवन र तालिम केन्द्रको बाउण्ड्री बाल सहित प्रदेश प्रहरी तालिम केन्द्र राजबिराजकोभवन आज उद्घाटन गरिएको छ । 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  २ : ३२ बजे

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को