सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीको विश्लेषण गर्ने समय आयो : सभामुख घिमिरे  « Khabarhub

सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीको विश्लेषण गर्ने समय आयो : सभामुख घिमिरे 


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीको विश्लेषण गर्ने समय आएको बताएका छन् ।  

शुक्रबार ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले नेपालको सङ्घीयता अभ्यासले एक दशकको यात्रा पूरा गर्न लाग्दा यसका सबल पक्ष, चुनौती, सम्भावना र सुधारका क्षेत्रहरूलाई गहिरोसँग विश्लेषण गर्नुपर्ने बेला आएको बताएका हुन् ।

अहिले आफूलाई लागेको कुरा नै ठिक भन्ने प्रवृत्ति बढेको भन्दै यसका कारण प्रतिफल दिन गाह्रो हुने उनले बताए । सभामुख घिमिरेले संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित तीन तहको शासकीय स्वरूप मौलिक अभ्यास भएकाले यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने समेत बताए ।

सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीलाई अन्तर्राष्ट्रिय अभ्यासका साथै नेपालको मौलिक अनुभवका आधारमा समाधान खोज्नुपर्ने उनको भनाइ छ । उनले प्रशासकीय संरचनामा देखिएको केन्द्रीकृत सोच, कर्मचारी व्यवस्थापन जस्ता जटिलताहरू सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  २ : ५४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्