परिणाम आउनेगरी जनताको पक्षमा काम गर्न मन्त्री सुडीको निर्देशन « Khabarhub

परिणाम आउनेगरी जनताको पक्षमा काम गर्न मन्त्री सुडीको निर्देशन


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जनतालाई प्रत्यक्ष लाभ हुने गरी द्रुत गतिमा काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्  ।  

मन्त्रालयद्वारा शुक्रबार आयोजित आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन सम्झौता कार्यक्रममा उनले भने, ‘मैँले तपाईँ कर्मचारी र सचिवालयमा कार्यरत मेरा सहयोगीहरूको भरमा प्रधानमन्त्रीसँग कार्यक्रमको सम्झौता गरेको छु, यो सबै गर्न म एक्लैले सम्भव छैन, मलाई आशा छ, तपाईँहरूले तीव्र गतिमा परिणाम आउने गरी काम गर्नुहुने छ ।’

मन्त्री सुडीले आफ्नो मन्त्रालयको कामलाई छिटो र छरितो बनाउनका लागि आफूले सचिवसँग र सचिवले सहसचिव, उपसचिव र शाखा प्रमुखसँग आज कार्यसम्पादन सम्झौता गरेको बताए । 

उनले भने, ‘मेरो मन्त्रालयले अनुभूति गर्ने गरी काम गर्छ, यो दिमागले अनुभूति गर्ने काम हो, त्यसैले हामीले हाम्रो कार्यसम्पादन सम्झौता १०० प्रतिशत पूरा गर्नुपर्ने छ ।’

फरक प्रसङ्गमा मन्त्री सुडीले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ बमोजिम सरकारले सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालन भएका ७७ जिल्लाका ९४ अस्पतालबाट ज्येष्ठ नागरिकका लागि निःशुल्क तथा आंशिक रूपमा अस्पतालले तोकिएको स्वास्थ्य सेवा उपलब्ध हुने व्यवस्था गरेको बताए । ऐनमा ज्येष्ठ नागरिकले उपचार गराउँदा लाग्ने शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । 

त्यसैगरी, मन्त्रालयले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भएका ६४ अस्पतालबाट निःशुल्क तथा आंशिक रूपमा अस्पतालले तोकिएको ज्येष्ठ नागरिक–मैत्री सेवा उपलब्ध हुने व्यवस्था रहेको पनि जनाएको छ । 

जसमा प्रदेशअन्तर्गत कोशी प्रदेशका १९, मधेसका आठ, बाग्मतीका १३, गण्डकीका ६, लुम्बिनीका ११, कर्णालीका ६ र सुदूरपश्चिमका नौ अस्पतालमा उक्त व्यवस्था गरिएको छ । 

स्वास्थ्य बीमा सेवा लागू भएका अस्पतालबाट ७० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरी एक लाखसम्मको निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने व्यवस्था कार्यान्वयन भएको मन्त्री सुडीले जानकारी दिए । 

विपन्न नागरिक उपचार कार्यक्रमबाट मुटुरोग, मिर्गाैला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमिया रोगका लागि रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिँदै आएको उनले बताए । रासस

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ३ : ०३ बजे

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को