कांग्रेस सर्लाहीका सभापतिले दिए राजीनामा  « Khabarhub

कांग्रेस सर्लाहीका सभापतिले दिए राजीनामा 


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन् । उनले सभापति शेरबहादुर देउवासमक्ष शुक्रबार राजीनामा पत्र बुझाएका हुन् । 

अदालतको निर्णय, प्रचलित कानुन र पार्टीको विधानबमोजिम सभापतिको रूपमा निरन्तर रहने अवस्था नरहेको सिंहले राजीनामा पत्रमा उल्लेख गरेका छन् । उनलाई अदालतले वन मुद्दामा भ्रष्टाचारी ठहर गरेको थियो । 

‘यसकारण म नियम, कानुन र पार्टीको बृहत्तर हितलाई मध्यनजर गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीको पार्टी सभापति पदबाट राजीनामा दिएको जानकारी गराउँछु,’ उनले भनेका छन् । 

सिंहले अदालतको निर्णय मान्नु आफ्नो कर्तव्य भए पनि निर्णयले अन्याय भएको पनि जिकिर राजीनामा पत्रमा उल्लेख गरेका छन् । 
‘म माथि भएको अन्यायको म व्यक्तिगत रूपमा मेरो कानुनी तथा न्यायिक लडाइँ लडिरहने छु । साथमा मेरो राजनीतिक लडाइ जारी नै रहने छ,’ उनले भनेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ३ : ५८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्