रास्वपाबाट निलम्बित भए नेता कँडेल « Khabarhub

रास्वपाबाट निलम्बित भए नेता कँडेल


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली शैक्षिक प्रमाण पत्र बनाएको आरोपमा पक्राउ परेका नेता हरिप्रसाद कँडेललाई निलम्बन गरेको छ । 

बागमती प्रदेश प्रशिक्षण विभागमा रहेर काम गर्दै आएका कँडेललाई रास्वपाको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले शुक्रबार निलम्बन गरेका हुन् । 

रूपन्देही जिल्ला प्रहरी कार्यालयबाट नक्कली शैक्षिक प्रमाण पत्र छपाइमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको सूचना प्राप्त भएकाले उनलाई आवश्यक छानबिन र अनुसन्धानमा सहजता पुर्‍याउने उद्देश्यले निलम्बन गरिएको रिमालको भनाइ छ । 

‘प्रमाणित भएमा अन्य थप कारबाही समेत हुन सक्ने गरी हाल तपाईँलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउँदछौँ,’ पत्रमा भनिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ४ : ०० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्