बीपी प्रतिष्ठान सुधारमा असफल हुने छुट मलाई छैन : उपकुलपति श्रेष्ठ « Khabarhub

बीपी प्रतिष्ठान सुधारमा असफल हुने छुट मलाई छैन : उपकुलपति श्रेष्ठ


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका काममा आफुलाई असफल हुने छुट नहुने प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. विक्रम श्रेष्ठले बताएका छन् ।

शुक्रबार नेकपा (एमाले) का नेतृत्व तथा मजदुर नेताहरूसँग कुराकानी गर्दै उपकुलपति डा. श्रेष्ठले उक्त कुरा बताएका हुन् । ‘मेरो नियुक्ति भलै राजनीतिक हो, तर म कुनै राजनीतिक आग्रहपूर्वाग्रहबिना सबैको साथ-सहयोग लिएर काम गर्छु ।’

उनले आफू प्रतिष्ठानमा २५ वर्षदेखि काम गरिरहेको बताए । ‘म धरानबासी हुँ, यसअघि शिक्षाध्यक्ष भएर काम गरेको अनुभव पनि छ, मलाई असफल बनाउने पनि छन्, साथ दिने पनि छन्, ती सबैलाई नियालेर काम गर्छु’, डा. श्रेष्ठले भने, ‘म अलिक सोझो छु, तर इमान्दार छु । मैले काम गर्दा कुनै बाधा आए मलाई तपाईंहरूको साथ चाहिन्छ ।’

भेटमा नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सुधारमा बाधा गर्ने प्रतिष्ठानको परम्परागत संरचनाको समुल शल्यक्रिया गर्नुपर्ने सुझाए ।

राईले प्रतिष्ठानको प्रशानिक सुधार गर्दै जनताको दैनदिन सेवालाई चुस्त र छरितो बनाउनु पर्ने, सेवालाई नयाँ क्षेत्रमा विस्तार गर्दै आवश्यक पूर्वाधारको विकास र अति जरूरी स्वास्थ्य परिक्षणका साधन व्यवस्था गर्दै प्रतिष्ठानलाई सुविधासम्पन्न स्वास्थ्य विश्वविद्यालयका रुपमा विकास गर्न सुझाव दिए ।

डा. श्रेष्ठसँगको भेटमा एमाले कोशी प्रदेशका सदस्यहरु सूर्य पन्धाक, शुशीला पहाडी, मौसम राई, ध्रुव राई, सुनसरी जिल्ला सदस्य राजमणि निरौला, धरान नगर अध्यक्ष हर्कजंग एभेङ र नगर सदस्य दीपक बनेपाली लगायत नेता सहभागी थिए ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ५ : २५ बजे

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने