पूर्वराष्ट्रपतिले एमालेको सदस्यता लिन झुक्याएर रसिद काटेको ओलीको जिकिर « Khabarhub

पूर्वराष्ट्रपतिले एमालेको सदस्यता लिन झुक्याएर रसिद काटेको ओलीको जिकिर


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि झुक्याएर पार्टी सदस्यता लिन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले सदस्यता परित्याग गरेर भण्डारी राष्ट्रपति भएको बताए । उनले पार्टी परित्याग गरिसकेपछि सदस्यता नवीकरण नहुने जिकिर गरे । आफूले भण्डारीको पार्टी सदस्यता खोस्यो भन्ने आरोपमा सत्यता नरहेको ओलीको भनाइ थियो ।

उनले भण्डारीमाथि पार्टी सदस्यता लिन झुक्याएर रसिद काटेको आरोप पनि लगाए । ‘अहिले पूर्वराष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुरा आएका छन्’, उनले भने, ‘खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो । हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन ।’

पूर्वराष्ट्रपतिले बाहिर बोल्दै हिँडे पनि पार्टीमा सदस्यता नवीकरणका लागि निवेदन नदिएको पनि ओलीको जिकिर छ । ओलीले पार्टीमा असन्तुष्ट र जनसंगठनमा हारेकालाई बोकेर हिँडेको भन्दै भण्डारीप्रति आक्रोश व्यक्त गरे ।

‘उहाँले बाहिर बाहिर बोल्नुभएको छ । पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको छैन’, उनले भने, ‘पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकालाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना गरेका थिएनौँ ।’

ओलीले मदन भण्डारीको अर्को वर्षको जन्मदिन मनाउन अहिलेदेखि नै कार्यालय खोल्दै पार्टीविरुद्ध भेला गरेर बसेको देखिएको बताए ।

बिहीबार मात्रै भण्डारीले जननेता मदन भण्डारीको हीरक जयन्ती मनाउन काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय खोलेकी थिइन् । जहाँबाट उनले अहिले पनि आफू एमालेमै रहेको जिकिर गरेकी थिइन् ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ५ : ५० बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका