४५ सय गोप्य भिडियो खिचेको आरोपमा पक्राउ परेका डाक्टर जमानतमा रिहा « Khabarhub

४५ सय गोप्य भिडियो खिचेको आरोपमा पक्राउ परेका डाक्टर जमानतमा रिहा


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

मेलबर्न– अस्ट्रेलियाली अस्पतालका शौचालयमा सयौँ मेडिकल सहकर्मीहरूको गोप्य भिडियो खिचेको आरोपमा एक प्रशिक्षार्थी शल्यचिकित्सकलाई शुक्रबार अदालतले जमानतमा रिहा गरेको छ ।

भिक्टोरिया राज्य सर्वोच्च अदालतमा पेश गरिएका कागजातअनुसार प्रहरीले २८ वर्षीय रायन चोले सन् २०२१ देखि मेलबर्नका तीन अस्पतालका स्टाफ शौचालयमा फोनमार्फत गोप्य रूपमा रेकर्ड गरेर करिब चार हजार पाँच सय अन्तरङ्ग भिडियो तयार गरेको बताएको छ । यससँग सम्बन्धित करिब पाँच सय आपराधिक आरोप उनीमाथि लगाइएका छन् ।

न्यायाधीश जेम्स इलियटले आदेश दिँदै चो आफ्ना आमाबाबुसँग बस्ने शर्तमा रिहा हुने बताए । उनका आमाबाबु यसै उद्देश्यका लागि सिङ्गापुरबाट मेलबर्न सरेका थिए  । रिहाइका लागि ५० हजार अस्ट्रेलियन डलर (३२ हजार अमेरिकी डलर) बराबरको जमानत राख्नुपरेको छ ।

अभियोजकले यी गम्भीर आरोपहरूले चोलाई भाग्ने प्रलोभन दिन सक्ने भन्दै उनको जागिर निलम्बित भएकाले अस्ट्रेलियासँग उनको बलियो सम्बन्ध नरहेको तर्क प्रस्तुत गरे ।

चो अप्रिलमा मात्र अस्ट्रेलियाको स्थायी बासिन्दा बनेका थिए । तर यदि दोषी ठहर भई १२ महिना वा सोभन्दा बढी जेल सजाय भयो भने उनलाई निर्वासनमा पठाइनेछ ।

न्यायाधीशले चोले आफ्नो सिङ्गापुर पासपोर्ट बुझाइसकेको र उनलाई देश छाड्न मद्दत गर्ने कुनै आपराधिक सम्बन्ध नभएको देखिएको बताए ।

प्रहरीका अनुसार चोले कम्तीमा चार सय ६० महिलाको अन्तरङ्ग भिडियो खिचेका थिए । तर ती तस्बिर वा भिडियो बाहिर फैलाइएको कुनै प्रमाण भने भेटिएको छैन ।

गत जुलाईमा, अस्टिन अस्पतालको शौचालयमा झुन्डिएको मेश ब्यागभित्र लुकाइएको फोन रेकर्डिङ भेटिएपछि चोलाई पक्राउ गरिएको थियो । उनले पिटर म्याकलम क्यान्सर सेन्टर र रोयल मेलबर्न अस्पतालको शौचालयमा पनि यस्तै रेकर्डिङ गरेको प्रहरीले आरोप लगाएको छ ।

अभियोजन पक्षले उठाएको, चोले रिहा भएमा साक्षीहरूसँग हस्तक्षेप गर्न सक्छन् भन्ने डर निराधार रहेको उनका वकिल जुलियन म्याकमोहनले बताए । उनले भने, ‘सयौँ साक्षीहरू उस्तै अपराधको आरोप लगाउने सम्भावना छ, तर यदि चोले कसैसँग सम्पर्क गरे पनि यसले मुद्दाको अन्तिम परिणामलाई असर गर्दैन ।’

सुरुमा चोलाई छ वटा अपराधमा मात्र आरोप लगाइएको थियो, तर पछिल्लो बिहीबार थप एक सय २७ नयाँ आरोप थपिएका छन् । ती आरोपमा बिना अनुमति जानाजानी अन्तरङ्ग भिडियो खिचेको आरोपसमेत समावेश छ ।

वकिल म्याकमोहनका अनुसार मुद्दा अदालती प्रक्रियामा जाने वा नजाने भन्ने कुरा भन्न अझै धेरै चाँडो हुन्छ । हालसम्म चोले कुनै निवेदन पेश गरेका छैनन् ।

चो सन् २०१७ मा विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका थिए र मेलबर्नको मोनास विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गरेका थिए । रासस

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ५ : ५२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्