ग्यास भण्डारको उत्पादकत्व निर्धारण गर्न ‘जिटूजी’मार्फत अनुरोध « Khabarhub

ग्यास भण्डारको उत्पादकत्व निर्धारण गर्न ‘जिटूजी’मार्फत अनुरोध


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेखमा भेटिएको प्राकृतिक ग्यासको भण्डारको उत्पादकत्व निर्धारण गर्न चीन सरकारको सहयोगका लागि ‘जिटूजी’ मार्फत अनुरोध गरिएको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै उनले भण्डारको उत्पादकत्व निर्धारण गर्न उत्पादन परीक्षणसम्म आवश्यक पर्ने भएकाले सो कार्य पनि चीन सरकारकै सहयोगमा सम्पन्न गर्न सो अनुरोध पठाइएको जानकारी दिए ।

विसं २०८१ माघमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा चार हजार १३ मिटर ड्रिलिङ सम्पन्न गरिएको थियो ।

सो कार्यमा संलग्न चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिलिङ साइटमा करिब एक सय १२ दशमलव एक अर्ब घनमिटर प्राकृतिक ग्यास (मिथेन) रहेको अनुमान गरिएको छ ।

त्यसैगरी खानी तथा भूगर्भ विभागको तथ्याङ्कानुसार जाजरकोट, दैलेख र अछामसहितका विभिन्न स्थानमा काइनाइट र तुर्मालिनलगायतका महत्त्वपूर्ण पत्थरी धातुहरू रहेको प्रष्ट भएको छ । ती धातुहरूको औद्योगिकीकरण तथा व्यापारीकरणका लागि सरकार प्रयत्नशील रहेको मन्त्री भण्डारीको भनाइ छ ।

आर्थिक वर्ष २०८१/८२ मा सुर्खेतको वीरेन्द्रनगरस्थित भूकम्प मापन केन्द्र परिसरमा जेमोलोजी तथा मिनरलोजी ल्याब स्थापना गरी काट्ने र चम्काउने उपकरण जडान गरिएको छ ।

उनले भविष्यमा यसलाई विस्तार गर्दै व्यवसायीलाई सीप हस्तान्तरण गरी मूल्य अभिवृद्धि गरेर निकासी गर्ने प्रबन्ध मिलाउन सरकार क्रियाशील रहेको बताए ।

यसैगरी नेपाल सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर पूर्वी र पश्चिमी नेपालमा पत्थरी धातु सङ्कलन केन्द्र स्थापना गर्ने बाह्य निकासी हुने दररेटमै सङ्कलन गर्न व्यवसायीलाई उत्प्रेरित गर्नुका साथै अन्तरराष्ट्रियस्तरको जेम प्रशोधन केन्द्र स्थापनाका लागि पहल गर्ने योजना रहेको बताए ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ६ : ३१ बजे

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान