समावेशी गणतन्त्रको सपना अपूरो छ : अध्यक्ष प्रचण्ड « Khabarhub

समावेशी गणतन्त्रको सपना अपूरो छ : अध्यक्ष प्रचण्ड


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लमजुङ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रको वर्तमान अवस्था त्याग र बलिदानको उपलब्धि भएको बताएका छन् । 

लमजुङको बेशिशहरमा नेपाल तामाङ घेदुङ जिल्ला समितिको आयोजनामा आयोजित तामाङ समुदायको सांस्कृतिक तथा सङ्ग्रहालय भवनको उद्घाटन समारोहमा भर्चुअल रूपमा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै अध्यक्ष प्रचण्डले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गए पनि संविधानले सबै उत्पीडित वर्ग तथा समुदायलाई पूर्ण अधिकार दिन नसकेको समेत बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘हामी अहिले जुन चौतारीमा आइपुगेका छौँ, त्यो त्याग र बलिदानको परिणाम हो। तर अझै पनि उत्पीडित वर्ग र समुदायले जुन अधिकार पाउनु पर्ने हो, त्यो हदसम्म पुग्न सकेका छैनौँ ।’

उक्त भवन निर्माणका लागि संघीय सरकारबाट बजेट माओवादी केन्द्रकी प्रतिनिधि सभा सदस्य उर्मिला माझीको पहलमा विनियोजन गरिएको थियो ।

अध्यक्ष प्रचण्डले संविधान बनाउँदा केही विषयमा सम्झौता गर्न बाध्य भए पनि उत्पीडित वर्गका मुद्दाहरूलाई संविधानसभामै ‘रिजर्भेसन’, ‘भिन्न मत’ वा ‘नोट अफ डिसेन्ट’ दर्ता गरिएको स्मरण गराउँदै अब ती मुद्दालाई फेरि अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।

 पछिल्लो कार्यकालमा सरकारको नेतृत्व सम्हाल्दासमेत सुशासन, सामाजिक न्याय र आर्थिक विकासका पक्षमा विशेष पहल लिएर काम गरेको उनले बताए । 

‘त्यही जमर्कोका कारण प्रतिक्रियावादीहरू, पहिचान र अधिकार विरोधीहरूले हामीलाई सरकारबाट बाहिर जान बाध्य पारे,’ उनले भने ।

पार्टी सरकार बाहिर भए पनि जनतासमक्ष विभिन्न अभियान मार्फत जोडिँदै  पुनः अभियानमार्फत सुशासन, पहिचान, अधिकार र समावेशीताका मुद्दालाई देशव्यापी रूपमा उठाउने तयारी भइरहेको उनले बताए ।’अब छिट्टै, भदौको तेस्रो साताबाट हामीले त्यस अभियानलाई फेरि पूर्णता दिने तयारीमा छौँ,’ उनले भने ।

तामाङ घेदुङलाई सांस्कृतिक पहिचान, अधिकार र संघर्षको साझा चौतारीका रूपमा उल्लेख गर्दै उनले उक्त संस्थाले गर्दै आएको प्रयासप्रति खुसी व्यक्त गरे ।

सो अवसरमा अध्यक्ष प्रचण्डले लमजुङको सांस्कृतिक तथा सङ्ग्रहालय भवन तामाङ समुदायको हक र पहिचानको सन्देश दिने एउटा बलियो प्रतीक बन्ने विश्वास व्यक्त गरे  ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ७ : ११ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्