आजपाको जिकिर : भ्रष्टाचार र ठगी गर्दै हिँडेपछि निकालिएकाहरूलाई ओलीले टीको लगाएर एमालेमा भित्र्याए « Khabarhub

आजपाको जिकिर : भ्रष्टाचार र ठगी गर्दै हिँडेपछि निकालिएकाहरूलाई ओलीले टीको लगाएर एमालेमा भित्र्याए


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रभु साह नेतृत्वको आम जनता पार्टीले विगतमा कारवाही गरी निकालिएका केही व्यक्तिलाई नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रवेश गराएको जनाएको छ।

निष्काशन गरिसकेका केही व्यक्तिलाई आजपाकै हैसियतमा प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी प्रवेश गराएको पनि आजपाले जनाएको छ ।

अध्यक्ष साहले विगतमा विभिन्न आरोपमा कारवाही गरिसकेका व्यक्तिलाई आजपाकै हैसियतमा ओलीले पार्टी प्रवेश गराउँदै भ्रमपूर्ण एवम् झूटो प्रचार गरेको जनाएका छन् ।

‘चैतमै आजपाको साधारण सदस्यबाट निकालिएका उपेन्द्र साह र असारमै ठगी आरोपमा निष्कासित मनोज यादव लगायतलाई एमाले अध्यक्षले आजपाकै नेताको हैसियतमा टीका लगाइदिए’, साहले भनेका छन्, ‘आजपाका दर्जनौँ ठूलो नेता एमालेमा प्रवेश’ गरेको प्रचार भइरहेको छ । प्रधानमन्त्री जस्तो व्यक्तिले यस्तो सफेद झूठ बोल्नु कतिको उचित छ ?’

अहिले आजपाकै नाम र विभिन्न जिम्मेवारीमा रहेकै जस्तै अन्य पार्टीमा प्रवेश गरेर झूटो र भ्रमपूर्ण प्रचार गरेर समाजले केही पनि नपाउने आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

‘सडेगलेकालाई दुल्हीझैँ सिंगारेर घर भित्रयाए’ जस्तै भएको टिप्पणी गर्दै आजपाले हाल उनीहरू पार्टीको कुनै जिम्मेवारीमा नरहेको स्पष्ट पारेको छ ।

प्रवक्ता साहले विगतमै विभिन्न आरोपमा कारवाही गरिएका व्यक्तिले आजपाको यो वा त्यो जिम्मेवारीमा रहेको भन्दै अन्य पार्टीमा प्रवेश गर्नु लाजमर्दो भएको बताएका छन् ।

साहलाई गत २६ चैतमा, र मनोज (राजन) यादवलाई गत ३१ असारमै पार्टीले साधारण सदस्य नरहने गरी कारवाही गरिसकेको प्रवक्ता साहले जनाएका छन् ।
साहले पार्टीको विधान, नीति एवम् कार्यक्रमविपरीत कार्य गरेको र नेट्वर्किङ कारोबारबाट ठगीमा लागेको आरोपसहित निवेदन परेपछि यादवलाई आजपाले कारवाही गरिएको जनाएको छ ।

साह र यादवसहितका नेताहरू शुक्रबार आजपाको विभिन्न जिम्मेवारीमा रहेको हैसियतमै एमालेमा प्रवेश गरेका छन् ।

उनीहरूलाई ओलीले शुक्रबार पार्टी प्रवेश गराएका हुन् । यसरी पार्टीबाट निकालिएकालाई सजाएर एमालेले भ्रमको खेती गरिरहेको आरोप आजपाले लगाएको छ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ७ : ४८ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका