दर्शक हँसाउन क्यानडा उडे भरतमणि, सुमन र कैलाश « Khabarhub

दर्शक हँसाउन क्यानडा उडे भरतमणि, सुमन र कैलाश


६ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तीन युवा कमेडियन भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्की क्यानडामा रहेका दर्शकलाई हँसाउन त्यसतर्फ प्रस्थान गरेका छन् । उनीहरू शुक्रबार दिउँसो काठमाडौंबाट क्यानडा उडेका हुन् ।

‘अब हाँस्छ क्यानडा’ अन्तर्गतको कार्यक्रममा प्रस्तुति दिन उनीहरू क्यानडा गएका हुन् । ‘आँगन इभेन्टस्’ र ‘आई र यू इन्टरटेन्मेन्ट’ले उक्त कार्यक्रमको आयोजना गरेका हुन् ।

यी तीनले अगस्ट ३० मा मिसिसागुवा, सेप्टेम्बर ५ मा क्यालगोरी र सेप्टेम्बर ६ मा एडमन्टन सहरमा प्रस्तुति दिने तय भएको छ ।

भरतमणिले पारस शाहको क्यारिकेचर गरेर हाँस्य प्रस्तुति दिनेछन् । कैलाश कार्कीले आफ्नो चर्चित पात्र ‘भिखारी’को चरित्र निर्वाह गरेर प्रस्तुति दिने बताइएको छ । सुमन कार्कीले भने स्टान्डप कमेडीमार्फत् दर्शकलाई हँसाउनेछन् ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ८ : ०१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको