प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ « Khabarhub

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ले उत्पीडित सबै वर्ग जातिको अधिकारका लागि आफ्नो पार्टीले लडिरहने बताएका छन् । आज लमजुङ बेँसीसहर नगरपालिका–७ मा तामाङ सांस्कृतिक भवन तथा सङ्ग्राहालयको उद्घाटन कार्यक्रममा उनले समाजको तल्लो तहका जनताको पक्षमा निरन्तर लागिरहने बताए ।

अध्यक्ष दाहालले भने, “सबै उत्पीडित वर्ग, जाति, समुदायले जुन स्तरको पहिचान र अधिकार पाउनुपर्ने हो, संविधानमा हामीले त्यो ठाउँमा पुर्याउन सकेनौँ । हामी कहीँ न कहीँ केही न केही विषयमा सम्झौता गरेर जानुपर्ने थियो । र हामीले त्यतिबेलै भनेका थियौँ सहमतिमै संविधानसभा घोषणा गरिए पनि सो वर्ग र जातिका हक, अधिकार पूर्ण रूपमा प्राप्त नहुञ्जेलसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।”

अध्यक्ष दाहालले तराई र मध्यपहाडी लोकमार्गमा अभियान सञ्चालन गरेर कास्कीमा आइपुगेर रोकेको उल्लेख गर्दै यही महिनाको तेस्रो हप्तादेखि पुनः अभियान सुरु गरिने बताए ।

तामाङ सांस्कृतिक भवन तथा सङ्ग्रहालयका रूपमा नवनिर्मित भवन उद्घाटनसँगै लमजुङमा तामाङ समुदायको हकहित स्थापित गर्न र जनजातिका पक्षमा देशभर बलियो सन्देश प्रवाह गर्न सफल भएको उनले बताए ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, केन्द्रीय सदस्य मधुमाया अधिकारी, प्रतिनिधिसभा सदस्य उर्मिला माझीलगायतले तामाङ समुदायको हकहितका निम्ति सबैले आवाज उठाउनुपर्ने बताए । सङ्घीय सरकारको रु ६९ लाखको बजेटमा सो तामाङ सांस्कृतिक तथा सङ्ग्राहालय भवन निर्माण भएको नेपाल तामाङ घेदुङका अध्यक्ष होमराज तामाङले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १० : ०३ बजे

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु