जमुनाह नाकामा स्वदेश फर्कनेको घुइँचो | Khabarhub Khabarhub

जमुनाह नाकामा स्वदेश फर्कनेको घुइँचो


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – दसैँ सुरु भएसँगै यहाँको जमुनाह नाकामा भारतबाट फर्कनेको घुइँचो लाग्न थालेको छ ।

पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका उनीहरु धमाधम स्वदेश फर्किन थालेपछि नाकामा घुँइचो लाग्न थालेको हो ।

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले चाडपर्व नजिकिएसँगै भारतबाट स्वदेश फर्किनेको सङ्ख्या ह्वात्तै बढेको बताउनुभयो । एक सातामा यस नाकाबाट ३५ हजार १७५ जना स्वदेश फर्किएका छन् । त्यसैगरी ३४ हजार ७१० भारततर्फ गएका छन् ।

“आजदेखि त भारतबाट नेपाल आउनेको चाप बढन थालेको छ”, उनले भने । दैनिक करिब दुई हजारको हाराहारीमा नेपालीहरु चाडपर्व मनाउन स्वदेश फर्किरहेको उनको भनाई छ । केही दिनअघि भएको जेनजी प्रदर्शनका क्रममा सीमा नाका बन्द थियो । नाका पुनः सञ्चालनमा आएपछि भारतबाट आउने नेपालीको सङ्ख्या बढेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले आवागमनलाई सहज बनाउन सीमा क्षेत्रमा सहायता कक्ष स्थापना गरेको छ । सो कक्ष नेपालगञ्जको बसपार्क र कोहलपुरको बसपार्कमा समेत स्थापना हुने जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ८ : ५८ बजे

अमेरिकामा टिकटकलाई ओरेकलले नियमन गर्ने

वासिङ्टन – बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी ओरेकलले टिकटकको अमेरिकी नियमको

मुस्ताङको बागवानी फार्ममा स्याउ ‘टिप्ने खाने’ मेला

मुस्ताङ – यहाँको घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रमा स्याउ

चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो

जुम्ला – कर्णालीकै धरोहरका रुपमा स्थापित चन्दननाथ र भैरवनाथ मन्दिरको

भक्तपुरका शक्ति पीठहरुमा नवरात्री मेला सुरु

भक्तपुर – घटस्थापनाका दिन आज साँझदेखि भक्तपुरका विभिन्न शक्ति पीठहरुमा

गड्डाचौकीमा भारतीय गाडीलाई ‘टाइम कार्ड’

कञ्चनपुर – पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै आउने भारतीय ‘नम्बर