काठमाडौं – आज २०८२ साल कात्तिक ५ गते बुधबार। कात्तिक शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ अक्टोबर २२ तारिख। गोवर्धन पूजा, गाईगोरु पूजा,म्हपूजा, हलि तिहारसँगै नेपाल सम्वत ११४६ प्रारम्भ भएको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ । सहयोगीको साथ मिल्नेछ । सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा लाभ प्राप्त हुनेछ । विदेशी रमझमले मन आकर्षित गर्नेछ।
वृष : दिन सामान्य छ । बोलीका कारण आफन्त टाढा पुग्नेछन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । स्वास्थ्यमा गरेको लगानीबाट घाटा हुनेछ। विदेशमा गरेको लगानीबाट घाटा हुनेछ । प्रेम सम्बन्धमा मनमुटाब हुनेछ ।
मिथुन : दिन सामान्य राम्रो छ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ । परिवारलाई विश्वास गर्ने बानीले धोका हुनेछ । लगानीका क्षेत्र सबल छन् । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ।
कर्कट : दिन सामान्य छ । दशैँको रमझमले ऋण बढ्नेछ । राजनीतिक क्षेत्रमा धोका दिने साथी सक्रिय छन् । धार्मिक कार्यमा सहभागी भएमा दिन सहजै बित्नेछ । बोलीका कारण आफन्त टाढा पुग्नेछन् । विदेशमा गरेको लगानीबाट घाटा हुनेछ ।
सिंह : दिन सामान्य छ । शिक्षामा गरेको लगानी डुब्ने जोखिम छ । राजीनिक क्षेत्रमा तपाईंको नामको चर्चा भए पनि विरोधी सक्रिय छन्। । व्यापारमा गरेको लगानीबाट घाटा हुनेछ । विज्ञको सुझाव अनुसार काम गर्नु उचित हुन्छ ।
कन्या : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ । विपक्षीको साथ मिल्नेछ । रोगबाट मुक्त हुने योग छ । परिवारबाट लाभ हुनेछ । राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ ।
तुला : दिन राम्रो छ । राम्रो योजना बन्नेछ । पुराना साथीको साथ मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।
वृश्चिक : दिन सामान्य छ । आर्थिक क्षेत्रमा घाटाको व्यापार हुनेछ । शोषण गर्नेहरु सक्रिय रहेकाले काम गर्दा सचेत बन्नु उचित हुन्छ । शिक्षा र रोजगारीका क्षेत्रमा थप मिहिनेतको खाँचो देखिन्छ ।
धनु : दिन राम्रो छ । लगानीबाट फाइदा हुनेछ । व्यापारमा हिम्मत गर्नुपर्ने दिन छ । सम्पत्ति खर्च भए पनि तपाईंको इज्जत बढ्नेछ । शिक्षाको लगानीले खुशी बढाउने छ । सोचेको काम सहज बन्नेछ ।
मकर : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । अनावश्यक यात्रा नगर्नु उचित हुन्छ । सोचेको काम नबन्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ ।
कुम्भ : दिन राम्रो छ । राम्रो कामको सुरुवात हुनेछ । छिमेकीसँगको भेटमा मन शान्त बन्नेछ । विपक्षीको साथ मिल्नेछ । स्वास्थ्यमा गरेको प्रयासबाट लाभ प्राप्त हुनेछ । परिवारसँग रमाइलो घुमघामको योग परेको छ ।
मीन : दिन सामान्य छ । स्वास्थ्यमा समस्या हुने जोखिम छ । खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ । सहकर्मीबाट धोका हुनेछ । परिवारको साथ र सहयोग तपाईंका लागि सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।
प्रतिक्रिया