आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस् « Khabarhub

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक ५ गते बुधबार। कात्तिक शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ अक्टोबर २२ तारिख। गोवर्धन पूजा, गाईगोरु पूजा,म्हपूजा, हलि तिहारसँगै नेपाल सम्वत ११४६ प्रारम्भ भएको छ ।

हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्ण अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।

बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ

-हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।
-बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
-बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ।
-जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ६ : १४ बजे

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्