पाँच शर्तसहित रास्वपाले खोज्यो चुनावको ग्यारेन्टी, प्रतिगमन रोक्न राष्ट्रिय सभालाई जोगाउनुपर्ने अडान « Khabarhub

सर्वदलीय बैठक

पाँच शर्तसहित रास्वपाले खोज्यो चुनावको ग्यारेन्टी, प्रतिगमन रोक्न राष्ट्रिय सभालाई जोगाउनुपर्ने अडान


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार डाकेको विघटित संसद्का ११ दलसँगको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम सहभागी भए ।

मंगलबार अपरान्ह ४:१५ देखि ८:३० बजेसम्म बालुवाटारमा चलेको बैठकमा रास्वपाका तर्फबाट वाग्ले र गौतमले विभिन्न पाँचवटा शर्तसहित आफ्ना भनाइ राखे ।

उनीहरूले हालको राजनीतिक परिस्थिति, आगामी निर्वाचन र सुशासनका दिशामा सरकारको भूमिकाबारे पार्टीको दृष्टिकोण प्रस्तुत गरेका थिए ।

रास्वपाको धारणा

१. एमाले–कांग्रेस नेतृत्वको सरकार चरम कुशासन र अहंकारको प्रतीक बनेको भन्दै रास्वपाले भदौ २३ मा भएको जेन–जी प्रदर्शनका क्रममा भएको नरसंहारपछि उक्त सरकारको नैतिक र राजनीतिक औचित्य समाप्त भएको बतायो। पार्टीका अनुसार प्रतिनिधिसभाको वैधता पनि त्यहीसँगै समाप्त भइसकेको छ, र ‘ताजा जनादेश’ अब अपरिहार्य बनेको छ।

२. नयाँ मतादेश र जेन–जी पुस्ताको ‘निर्णायक हस्तक्षेप’ बीच सन्तुलन कायम गर्न भदौ २६ मा रास्वपाले गरेको अपिलअनुसार ६ महिनाभित्र नयाँ निर्वाचनको तयारी सुरु हुनुपर्ने पार्टीको अडान छ। तर, सम्भावित प्रतिगमन रोक्न राष्ट्रिय सभाको स्थायित्व कायम राखिनुपर्ने ।

३. संसदमा जेन–जी पुस्ताको आवाज प्रवेश गराउने दलको रूपमा रास्वपाले आफ्ना सुशासनका एजेन्डा र जेन–जीका आकांक्षा एउटै भएको जनाउँदै प्रधानमन्त्री सुशीला कार्कीको सरकारप्रति सद्भाव र शुभेच्छा प्रकट गर्‍यो। तर पार्टीको समर्थन अनिश्चित र सशर्त हुने स्पष्ट सन्देश ।

४. सुशासनका लागि बनेको सरकारले आफ्नो ‘वैधताको स्रोत’ निरन्तर जनतासँग जोडिराख्नुपर्ने रास्वपाले बताएको छ । त्यसका पाँच प्रमुख आयाम पार्टीले यसअघि नै सार्वजनिक गरिसकेको उल्लेख गर्दै फागुन २१ को निर्वाचनको तयारी, भ्रष्टाचार नियन्त्रण, आर्थिक सुधार, विकासमा द्रुतता र सन्तुलित परराष्ट्र सम्बन्धलाई मुख्य प्राथमिकता बनाउन सुझाव रास्वपाले दिएको छ ।

५. आगामी दिनका लागि पार्टीले सरकारसँग अपेक्षा राखेका बुँदा

  • भदौ २३ र २४ का घटनाबारे निष्पक्ष छानबिन, प्रहरी मनोबल वृद्धि र मेरिट आधारित नेतृत्व चयन।
  • निर्वाचन आयोगमा राजनीतिक प्रभाव अन्त्य, दबाइएका भ्रष्टाचारका मुद्दामा संस्थागत ढंगले कारबाही, आर्थिक सुधारका सिफारिस कार्यान्वयन, र सार्वजनिक खरिद प्रणालीमा ‘अपरिवर्तनीय सुधार’।
  • संविधान संशोधनका लागि विश्वसनीय आयोग गठन।
  • सर्वदलीय संवादलाई संस्थागत बनाउँदै नागरिक समाज र मिडियाको आवधिक संलग्नता।
  • निष्पक्ष निर्वाचनका लागि संयुक्त राष्ट्रसंघ र मित्रराष्ट्रहरूको पर्यवेक्षकीय भूमिका सुनिश्चित गर्ने र विदेशका नेपालीका लागि मतदान व्यवस्थामा ‘पाइलट’ कार्यक्रम सुरू गर्ने।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ११ : ४४ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको