निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह « Khabarhub

निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनका लागि आवश्यक वातावरण बनाउन आग्रह गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार आह्वान गरेको सर्वदलीय बैठकमा सो पार्टीले निर्वाचनका लागि भयरहित वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको जनाएको छ ।

पार्टीका सचिवालय सदस्य वर्षमान पुनका अनुसार सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने भएपनि पर्याप्त ध्यान पुग्न नसकेकाले तत्काल आवश्यक कदम चाल्नुपर्छ । माओवादी केन्द्रले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको दोहोर्याउँदै मतदाता नामावली अद्यावधिक गर्न निर्देशन जारी गरेको समेत जानकारी गराएको थियो ।

यस्तै, घोषित मितिमा निष्पक्ष धाँधलीरहित, भयमुक्त र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सरकारले सक्रिय पहल गर्नुपर्ने धारणा राखेको थियो । आफूहरुले निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेको उल्लेख गर्दै माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा (एमाले)लगायतका अन्य दललाई पनि तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको थियो । बैठकमा माओवादी केन्द्रका तर्फबाट नेताहरु पम्फा भुसाल र वर्षमान पुन सहभागी थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ११ : ५८ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका