नेपाल सम्वतले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छ : उपराष्ट्रपति « Khabarhub

नेपाल सम्वतले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छ : उपराष्ट्रपति


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल सम्वत् ११४६ ले काठमाडौं उपत्यकाको नयाँ बहीखाता परम्परालाई मात्र नभइ, सिङ्गो नेपाली समाजमा सहिष्णुता, मेलमिलाप र भाइचाराको अनमोल संस्कृतिलाई जीवन्त राखेको बताएका छन् ।

उपराष्ट्रपति यादवले नेपाल सम्वत् ११४६ को सुखद् आरम्भको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दै कात्तिक शुक्ल प्रतिपदाबाट प्रारम्भ हुने नेपाल संवतले संस्कृतिलाई जीवन्त राखेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “यो राष्ट्रिय सम्वत्को नयाँ वर्षले समस्त देशवासीलाई एकताबद्ध भई राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई सुदृढ गर्दै समृद्ध मुलुक निर्माणको महाअभियानमा एकाग्रताका साथ अघि बढ्न प्रेरणा र प्रोत्साहन मिलोस् भन्ने हार्दिक कामनाका साथ पुनः शुभकामना व्यक्त गर्दछु ।”

उनले किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अवस्था सिर्जना गरेको लोककल्याणकारी, निस्वार्थ र अतुलनीय योगदान नेपाल र नेपाली समाजका लागि सदैव प्रेरणाको स्रोत बनिरहने पनि उल्लेख गरेका छन् ।

हाम्रो ‘विविधतामा एकता’ को मौलिक पहिचानलाई थप बलियो बनाउँदै, सम्पूर्ण नेपालीहरूबीच परस्पर अपनत्व भाव र सद्भाव बढाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  १२ : २७ बजे

अरुणखोलामा बारुद प्रयोग गरेर माछा मार्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१४ राइकोटेस्थित अरुणखोलामा बारुदजन्य पदार्थ

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल

साउदी अरबमा एकैदिन सात जनालाई मृत्युदण्ड

दुबई – साउदी अधिकारीहरूले एकै दिनमा लागुऔषध ओसारपसारको अभियोगमा दोषी

परराष्ट्रमन्त्री खनालको सम्पत्ति : तीन जिल्लामा जग्गा, बैंकदेखि हाइड्रोसम्म लगानी

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र २५

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल