राष्ट्रिय सरोकारका विषयमा विचार–विमर्श गर्दै समाधान खोज्ने प्रयास गर्नुपर्छ : उपाध्यक्ष घिमिरे « Khabarhub

राष्ट्रिय सरोकारका विषयमा विचार–विमर्श गर्दै समाधान खोज्ने प्रयास गर्नुपर्छ : उपाध्यक्ष घिमिरे


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरेले वर्तमान राष्ट्रिय र राजनीतिक परिस्थितिमा राष्ट्रियसभाको बैठक शीघ्र आह्वान गरी राष्ट्रिय सरोकारका विषयमा विचार–विमर्श, सहमति र समाधान खोज्ने प्रयास गर्नुपर्ने आवश्यकता औंल्याएकी छिन् । नेपालीहरूको महान् पर्व शुभ दीपावली (तिहार) २०८२ तथा नेपाल सम्वत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुवाप्रति सुख, शान्ति, समृद्धि र सुरवारध्यको हार्दिक शुभकामना व्यक्त गर्दै सो आवश्यकता औंल्याएकी हुन् ।

उनले भनेकी छिन्, “जनआवाजलाई प्रभावकारी बनाउन, नीति निर्माण र सरकारका कार्यमा संसदीय अनुगमन सुदृढ गर्न राष्ट्रियसभाको सक्रियता अझ बढ्नुपर्छ भन्ने विश्वास लिन्छु ।” नेपाल सम्वत् ११४६ को आगमनले हाम्री मौलिक ऐतिहासिक परम्पराको स्मरण गराउने उनको भनाइ छ ।

राष्ट्रिय विभूति शंखधर साःख्वाले लिच्छवीकालीन राजा राघवदेवको समयमा गरिब र किसानलाई ऋणमुक्त गराई प्रचलनमा ल्याएको नेपाल संवत् हाम्रो मौलिक राष्ट्रिय सम्वत् भएको उनले उल्लेख गरिन् । विशेषगरी काठमाडौँ, भक्तपुर, ललितपुर तथा नेवार समुदायको बाहुल्यता भएका क्षेत्रमा भव्यतापूर्वक मनाइने यो सम्वतले केवल इतिहासलाई मात्र होइन, सामाजिक न्याय र समानताको मूल्पलाई पनि बलियो बनाउने काम गरेको छ ।

उनले भनेकी छिन्, “नेपालको बहुल संस्कृतिमा आधारित चाडपर्वहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वलाई मजबुत बनाएका छन्, चाडपर्वहरू हाम्रो पहिचान, ऐक्यबद्धता र साझा मूल्यलाई जगाउने माध्यम बनेका छन् ।” संविधानले निर्दिष्ट गरेको संसदीय शासन प्रणालीमा संसद राष्ट्रको सर्वोच्च नीति निर्माण निकायका रूपमा स्थापित गरेको उनको भनाइ छ ।

त्यसको स्थायित्व र गरिमा जोगाउन राष्ट्रियसभाको भूमिका अत्यन्त महत्वपूर्ण र राष्ट्रिय सभाले विधायन, नीतिगत सुझाब, तथा संचीप मूल्य र मान्यताहरूको शुद्धीकरणमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने उपाध्यक्ष घिमिरेले उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ३ : ०६ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी