विपिन जोशीको टाउकोमा गोली हानिएको दाबी, के लेखिएको छ शव परीक्षण रिपोर्टमा ? « Khabarhub

विपिन जोशीको टाउकोमा गोली हानिएको दाबी, के लेखिएको छ शव परीक्षण रिपोर्टमा ?


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली विद्यार्थी विपिन जोशीको टाउकोमा गोली लागेको पाइएको छ । इजरायली राजदूत स्मुलिक एरी बासले गाजामा मारिएका विपिनको टाउकोमा गोली लागेको बताएका हुन् ।

उनका अनुसार इजरायलको राष्ट्रिय विधि विज्ञान केन्द्रले गरेको परीक्षणले विपिन जोशीको मृत्यु गोली प्रहारबाट भएको पुष्टि गरेको छ।

राजदूत बासले जोशीको हत्या हमासको नियन्त्रणमा रहँदा भएको दाबी गरेका छन्। उनले भने, ‘केही साता अघिसम्म हामीलाई विपिन जीवित रहेको आशा थियो। तर पछिल्लो परीक्षणले उनको टाउकोमा गोली लागेको प्रमाणित गर्‍यो।’

विपिन जोशीको शव सोमबार इजरायलबाट नेपाल ल्याइएको थियो। डीएनए परीक्षण र विधि विज्ञान प्रतिवेदनपछि इजरायलले शव नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

महाकाली नदीको भुजेलघाटमा दाहसंस्कार सम्पन्न भएपछि राजदूत बास विपिनका परिवारलाई भेट्न धनगढीस्थित मालिकार्जुन पुगेका थिए। त्यहाँ उनले शव परीक्षण प्रतिवेदनको विवरण सार्वजनिक गरेका हुन्।

इजरायलको राष्ट्रिय विधि विज्ञान केन्द्रका डा. बिनात श्वार्ज मिल्नरद्वारा हस्ताक्षरित आधिकारिक कागजातमा विपिन जोशीको मृत्यु ‘गनसट वुन्ड अफ द हेड, टेरर एट्याक’ भनेर लेखिएको छ । टाउकोमा गोली लागेर विपिनको मृत्यु भएको त्यही रिपोर्ट इजरायली राजदूतले परिवारलाई सुनाएका हुन् ।

उक्त कागजातमा शव इजरायली कम्पनी मेनुहा लाड लिमिटेडमार्फत् कफिनमा नेपाल पठाइएको पुष्टि गरिएको छ। दाहसंस्कारमा सहभागीहरूका अनुसार नेपाल पठाइएको शव कफिनमा जोशीको सग्लो शरीर नभई अस्थिपञ्जर मात्रै थियो ।

विपिन गाजामा सन् २०२३ अक्टोबर ७ हमासको आक्रमणका बेला अन्य ११ जना नेपाली विद्यार्थीहरूसँगै अपहरणमा परेका थिए। तीमध्ये अन्य १० जनाको मृत्यु पहिले नै पुष्टि भइसकेको छ । जोशी पनि जीवित नरहेपछि हमासको आक्रमणमा मारिने नेपालीको संख्या ११ पुगेको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ४ : ४६ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी