सरकारले मविरुद्ध षड्यन्त्र गर्‍यो : ओली « Khabarhub

सरकारले मविरुद्ध षड्यन्त्र गर्‍यो : ओली


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूविरुद्ध थप योजना बनाइरहेको आशंका व्यक्त गरेका छन् ।

बुधबार जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटको घर अवलोकन गर्दै अध्यक्ष ओलीले गृहमन्त्रीले आफूमाथि व्यक्तिगत दुश्मनी पालेको भन्दै थप योजना बनाइराखेको गम्भीर आशंका रहेको बताएका हुन् ।

गृहमन्त्रीको अन्तर्वार्ता हेर्दा सरकारको उद्देश्य, गन्तव्य, छर्लङ देखिएको उनले बताए । अध्यक्ष ओलीले अचानक पलाएका सरकारको तमाशासँग विचलित नहुने भन्दै ओलीले एमालेले देशमा शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण गरेर छाड्ने स्पष्ट पारे ।

त्यस्तै उनले जेनजीको आन्दोलनको नाममा गलत तत्वहरुले देशका विरुद्ध भयानक षड्यन्त्र गरेको दाबी गरे । सरकारी, सार्वजनिक र व्यक्तिका घरमा आगजानी गर्नेहरु आपराधिक समूह नै भएपनि उनीहरुलाई सरकारले कारवाही समेत गर्न नसकेको आरोप लगाए ।

अध्यक्ष ओलीले जेनजी आन्दोनलका क्रममा आफ्नो घरमाथि तोडफोड र आगजनीका साथै महत्वपूर्ण सामानहरु लुटिएको बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ५ : २१ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल