‘लुसिफर’को आरोप खेपिरहेका बालेनको प्रश्न : अरूलाई दोष दिन नेताहरूलाई लाज लाग्दैन ? « Khabarhub

‘लुसिफर’को आरोप खेपिरहेका बालेनको प्रश्न : अरूलाई दोष दिन नेताहरूलाई लाज लाग्दैन ?


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलनका बेला सिंहदरबार र संसद् भवन जोगाउन दमकल नपठाएको आरोप खेपिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह फेसबुकमा आक्रमक देखिएका छन् ।

उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेताहरूको चरित्रमा पनि प्रश्न उठाएका छन् । उनले आफूमाथि आरोप र नेताहरूको चरित्रमाथि कटु टिप्पणी गरेका छन्। मेयर साहले भनेका छन् :

‘तुइन र काठको पुल बनाउने नेताहरु भन्छन्, यो देश विदेशीले बिगार्यो।
भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ ।
आन्दोलनमा पूरै देश एमालेले काङ्ग्रेसको जलाउँछ, काङ्ग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बाल बच्चालाई दिन्छौ ।
चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ, लाज लाग्दैन ?’

मेयर साहको यो भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको पोष्टले मूलधाराका नेताहरुप्रति असन्तोष र रोषलाई झल्काएको छ ।

पारदर्शिता र जवाफदेहिताको माग गर्दै आन्दोलनमा आएका जेन-जी समूहहरूलाई उचालेको आरोप पनि उनीमाथि छ । उनले आफूमाथि लागेका आरोपहरूको जवाफ फेसबुकबाटै दिएका हुन् ।

पछिल्लो समय तीव्र आलोचना र विरोध खेपिरहेका उनले फेसबुकमार्फत् नै आफ्नो बचाउ गरेका हुन् । यसअघि नेपाली सेनाले पनि जेन-जीको घटनामा उनको बचाउ गरेको थियो ।

बालेन र सेना दुवैले काठमाडौं महानगरपालिकाको दमकल आगो निभाउन निस्केको जिकिर गरे पनि त्यससम्बन्धी खास प्रमाण अहिलेसम्म भेटिएको छैन ।

मेयर साहले फेसबुकलाई नै आफ्नो शक्तिका रुपमा उपयोग गरिरहेका छन् । जेन-जी आन्दोलनलाई उचालेर भूमिगत बसेको आरोप उनीमाथि छ । उनले न त जेन-जी आन्दोलनका पीडितलाई भेटे, न श्रद्धाञ्जली दिन नै गए । त्यहीकारण उनी जेन-जीकोसमेत निशानामा परिरहँदा फेसबुकमार्फत् प्रतिरक्षामा उत्रिएर नेताहरूलाई नै गाली गरेका हुन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ६ : ३८ बजे

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको