नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा परी ३५ जनाको मृत्यु, दर्जनौं घाइते « Khabarhub

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा परी ३५ जनाको मृत्यु, दर्जनौं घाइते


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा पेट्रोल बोकेको एउटा ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना घाइते भएका छन् । नाइजरको काचा क्षेत्रको एस्सा गाउँमा केही बासिन्दाले पल्टिएको ट्याङ्करबाट पेट्रोल निकाल्न भेला भएका समय ट्याङ्कर विस्फोट हुँदा ठूलो मानवीय क्षति हुन पुगेको संघीय सडक सुरक्षा विभागका सेक्टर कमान्डर आइशातु साडुले बताए ।

“पेट्रोल ट्याङ्कर दुर्घटना भएपछि पेट्रोल केही बासिन्दाले पल्टिएको ट्याङ्करबाट पेट्रोल निकाल्न भेला भएका समय ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको र अन्य ४५ जना घाइते भएका छन्,” प्रहरीको प्रारम्भिक अनुसन्धानपछि सादुले भने ।

उनले भने, “घाइतेमध्ये धेरै जना गम्भीर रूपमा जलेको अवस्थामा उपचारका लागि अस्पताल लगिएको छ ।” मङ्गलबार राति जारी एक विज्ञप्तिमा नाइजर राज्यका गभर्नर मोहम्मद उमर बागोले यो त्रासदीलाई ‘चिन्ताजनक, दुर्भाग्यपूर्ण र दयनीय’ भनेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ७ : ४५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी