नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा परी ३५ जनाको मृत्यु, दर्जनौं घाइते « Khabarhub

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा परी ३५ जनाको मृत्यु, दर्जनौं घाइते


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा पेट्रोल बोकेको एउटा ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना घाइते भएका छन् । नाइजरको काचा क्षेत्रको एस्सा गाउँमा केही बासिन्दाले पल्टिएको ट्याङ्करबाट पेट्रोल निकाल्न भेला भएका समय ट्याङ्कर विस्फोट हुँदा ठूलो मानवीय क्षति हुन पुगेको संघीय सडक सुरक्षा विभागका सेक्टर कमान्डर आइशातु साडुले बताए ।

“पेट्रोल ट्याङ्कर दुर्घटना भएपछि पेट्रोल केही बासिन्दाले पल्टिएको ट्याङ्करबाट पेट्रोल निकाल्न भेला भएका समय ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको र अन्य ४५ जना घाइते भएका छन्,” प्रहरीको प्रारम्भिक अनुसन्धानपछि सादुले भने ।

उनले भने, “घाइतेमध्ये धेरै जना गम्भीर रूपमा जलेको अवस्थामा उपचारका लागि अस्पताल लगिएको छ ।” मङ्गलबार राति जारी एक विज्ञप्तिमा नाइजर राज्यका गभर्नर मोहम्मद उमर बागोले यो त्रासदीलाई ‘चिन्ताजनक, दुर्भाग्यपूर्ण र दयनीय’ भनेका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ७ : ४५ बजे

भोटेकोशी बाढीः १३ सय ९५ शव फेला : पाँच हजार अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको

प्रतिनिधिसभाको बैठक बस्दै: के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६