माल्दिभ्समा चम्किएकी कामना बिष्ट « Khabarhub

माल्दिभ्समा चम्किएकी कामना बिष्ट


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै चम्किएकी छिन्। अक्टोबर १३ देखि ३० तारिखसम्म चल्ने प्रतियोगितामा उनी माल्दिभ्सकै नैफारू चेल्सी स्पोर्ट्स क्लबबाट खेलिरहेकी छन्।

पहिलो खेलमा नैफारूले २५-१२, २५-०२ र २५-२१ को सोझो सेटमा ३-० को जित निकाल्दै प्रतियोगिताको सुखद् सुरुवात गरेको थियो। दोस्रो खेलमा भने टिमले निकै मिहिनेत गर्दै २५-२१, २२-२५, २५-२२ र २५-१० को सेट स्कोरसहित ३-१ को जीत दर्ता गर्‍यो। तेस्रो खेल अझ रोचक रह्यो। यो खेल दुई नेपाली खेलाडीहरूबीचको भिडन्त थियो।

कामनाको नैफारू क्लब र उषा भण्डारीको टिम आमनेसामने हुँदा रोमाञ्चक पाँच सेटसम्म खेल लम्बिएको थियो। तीव्र प्रतिस्पर्धामा कामनाको टिमले २१-२५, २५-२१, ०७-२५, २५-१३ र १५-१३ को नतिजासहित ३-२ को जित हात पार्‍यो। कामनाले तीनै खेलमा ‘प्लेयर अफ द म्याच’को उपाधि जित्दै आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएकी छन्। उनको उत्कृष्ट स्पाइक, बलियो ब्लक र खेलप्रतिको समर्पणले टिमलाई लगातार जिततर्फ डोरेको छ।

हालसम्म नैफारूले तीनै खेलमा जित दर्ता गर्दै सेमिफाइनल यात्राको ढोका लगभग खोलेको छ। अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको यस्तो निरन्तर प्रदर्शनले नेपाली भलिबलको स्तर र गौरवलाई थप उच्च बनाएको छ। कामना बिष्टको यो उपलब्धि केबल व्यक्तिगत सफलता होइन, नेपाली महिला भलिबलको इतिहासमा अर्को प्रेरणादायी अध्याय बनेको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ९ : १६ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६