जेनजीसँगको वार्तापछि सामान्य बन्दै सिमरा क्षेत्र (तस्बिरहरू) « Khabarhub

जेनजीसँगको वार्तापछि सामान्य बन्दै सिमरा क्षेत्र (तस्बिरहरू)


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको सिमरामा जेनजी युवा र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूबीच बुधबार भएको झडप पश्चात अशान्त बनेको सो क्षेत्र सामान्य बन्दै गएको छ ।

बुधबार र बिहीबार सडक अवरोध गरी विरोध प्रदर्शन गरेका जेनजी युवा र जिल्ला सुरक्षा समिति बाराबीच शुक्रबार साँझ भएको वार्तासँगै अवस्था सामान्य बन्दै गएको हो ।

बुधबार एमाले महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत काठमाडौंबाट बारा जाने कार्यक्रम रहेपछि सिमरामा जेनजी समूहले प्रदर्शन गरेका थिए । सो क्रममा जेनजी र एमालेका कार्यकर्ताबीच झडप भएको थियो ।

वार्तामा जेन जी युवाहरूले विभिन्न ६ बुँदे माग राखेका छन् । सो घटनामा संलग्न योजनाकारलाई पक्राउ गरी कानूनी कारबाही गर्नुपर्ने, जेनजी घाइतेलाई निःशुल्क उपचार गर्नु पर्ने, तत्कालीन जिल्ला प्रहरी प्रमुख लगायतलाई कारबाही गरिनु पर्ने उनीहरूको माग छ ।

सो विषयमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लगायत अन्य सुरक्षा निकाय र जेनजी समूहको सहमति भएसँगै सोमबार सम्मका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगन गरिएको छ ।

आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएसँगै शनिबार बिहानैबाट बाराको सिमरा क्षेत्रको अवस्था सामान्य बन्दै गएको हो । स्थानीयहरू बिहानैदेखि आफ्नो काममा व्यस्त देखिएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १० : ०८ बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम