भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे बङ्गलादेश भ्रमणमा « Khabarhub

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे बङ्गलादेश भ्रमणमा


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे दुई दिने राजकीय भ्रमणका लागि शनिबार ढाका पुगेका छन् । 

भुटानी प्रधानमन्त्री तोब्गेलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल (एचएसआईए) मा अवतरण गरेपछि बंगलादेशका मुख्य सल्लाहकार प्रोफेसर मुहम्मद युनुसले स्वागत गरेको जनाइएको छ ।  

दुई नेताहरुबीच  विमानस्थलको भिआइपी लाउन्जमा छोटो बैठक भएको थियो भने प्रधानमन्त्री तोब्गेले शुक्रबारको भूकम्पले गर्दा भएको क्षतिको बारेमा सोधपुछ गरी पीडित परिवारप्रति समवेदना व्यक्त गरेका थिए ।  

बैठक पछि, तोब्गेलाई अस्थायी सलामी मञ्चमा १९-तोपको सलामी र गार्ड अफ अनर दिइएको जनाइएको छ ।  

विमानस्थल समारोह पछि भुटानी प्रधानमन्त्री बङ्गलादेशको मुक्ति युद्धका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्न सावरस्थित राष्ट्रिय शहीद स्मारकमा जानका लागि प्रस्थान गरेका छन् । उनले शहीद स्मारकमा माल्यार्पण गर्ने  कार्यक्रम तय भएको छ । 

बङ्गलादेशका विदेश सल्लाहकार र वाणिज्य सल्लाहकारले दिउँसो ३ः०० बजे मुख्य सल्लाहकार मुहम्मद युनुससँग तेजगाँव क्षेत्र स्थित उहाँको कार्यालयमा भेटवार्ता गर्नु अघि भुटानी नेतालाई भेट्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १ : ०७ बजे

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिए, नेपालीसहित बेपत्ता आरोहीको खोजी जारी

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल

कुवेतमा ड्रोन आक्रमणमा मारिने नेपाली तेह्रथुमका सोमकुमार तमाङ

काठमाडौं- कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको ड्रोन आक्रमणमा

सिरहाको अवस्था सामान्य बन्दै, गोलबजार-लहान क्षेत्रमा कर्फ्यु अझै जारी (तस्बिरहरू)

काठमाडौं– सिरहाको गोलबजार क्षेत्रको अवस्था शुक्रवार बिहानदेखि अवस्था सामान्य बन्दै

मधेशका ११ केन्द्रमा सञ्चालित एमबीएस अन्तर्गत आजको परीक्षा स्थगित

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले मधेशमा केन्द्र रहेका व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको

निर्मल पुर्जाले लेखेका थिए, ‘ब्रोड पिक, सुरक्षित रूपमा माथि पुगेर फर्किन पाऊँ भन्नेबाहेक केही माग्दिनँ’

इस्लामाबाद (एएफपी)- पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको ब्रोड पिक हिमालमा हिमपहिरो