भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे बङ्गलादेश भ्रमणमा « Khabarhub

भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे बङ्गलादेश भ्रमणमा


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे दुई दिने राजकीय भ्रमणका लागि शनिबार ढाका पुगेका छन् । 

भुटानी प्रधानमन्त्री तोब्गेलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल (एचएसआईए) मा अवतरण गरेपछि बंगलादेशका मुख्य सल्लाहकार प्रोफेसर मुहम्मद युनुसले स्वागत गरेको जनाइएको छ ।  

दुई नेताहरुबीच  विमानस्थलको भिआइपी लाउन्जमा छोटो बैठक भएको थियो भने प्रधानमन्त्री तोब्गेले शुक्रबारको भूकम्पले गर्दा भएको क्षतिको बारेमा सोधपुछ गरी पीडित परिवारप्रति समवेदना व्यक्त गरेका थिए ।  

बैठक पछि, तोब्गेलाई अस्थायी सलामी मञ्चमा १९-तोपको सलामी र गार्ड अफ अनर दिइएको जनाइएको छ ।  

विमानस्थल समारोह पछि भुटानी प्रधानमन्त्री बङ्गलादेशको मुक्ति युद्धका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्न सावरस्थित राष्ट्रिय शहीद स्मारकमा जानका लागि प्रस्थान गरेका छन् । उनले शहीद स्मारकमा माल्यार्पण गर्ने  कार्यक्रम तय भएको छ । 

बङ्गलादेशका विदेश सल्लाहकार र वाणिज्य सल्लाहकारले दिउँसो ३ः०० बजे मुख्य सल्लाहकार मुहम्मद युनुससँग तेजगाँव क्षेत्र स्थित उहाँको कार्यालयमा भेटवार्ता गर्नु अघि भुटानी नेतालाई भेट्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १ : ०७ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल