लुम्बिनीविरुद्ध चलेन एनपीएल दोस्रो सिजनका सर्वाधिक रनकर्ता कर्णालीका प्रियाङ्कको ब्याटिङ « Khabarhub

लुम्बिनीविरुद्ध चलेन एनपीएल दोस्रो सिजनका सर्वाधिक रनकर्ता कर्णालीका प्रियाङ्कको ब्याटिङ


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार खेलमा लुम्बिनी लायन्ससँगको खेलमा कर्णाली याक्सका ओपनर प्रियाङ्क पञ्चाल सस्तैमा आउट भएका छन् । पञ्चाल १० बल खेलेर १२ रन बनाउँदै आउट भए ।

उनले लुम्बिनीविरुद्ध १ चौका र एक छक्का मात्रै प्रहार गरे । उनलाई लुम्बिनीका शेर मल्ले जेजे स्मिटको हातबाट क्याच आउट गरेका हुन् । कर्णालीको पहिलो विकेटका रुपमा पञ्चाल ३ ओभरको पाँचौ बलमा आउट भए ।

पञ्चाल जारी सिजनको सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले सिजनको दोस्रो र टिमको पहिलो खेलमा चितवन राइनोजविरुद्ध ४८ बलमा ७ चौका ६ छक्काको सहयोगमा ९० रन जोडेका थिए । जारी सिजनमा यो उच्च रन हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेको कर्णालीले १५७ रनको लक्ष्य पछ्याउँदै जावाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १ : ३४ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको