लुम्बिनीविरुद्ध चलेन एनपीएल दोस्रो सिजनका सर्वाधिक रनकर्ता कर्णालीका प्रियाङ्कको ब्याटिङ « Khabarhub

लुम्बिनीविरुद्ध चलेन एनपीएल दोस्रो सिजनका सर्वाधिक रनकर्ता कर्णालीका प्रियाङ्कको ब्याटिङ


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार खेलमा लुम्बिनी लायन्ससँगको खेलमा कर्णाली याक्सका ओपनर प्रियाङ्क पञ्चाल सस्तैमा आउट भएका छन् । पञ्चाल १० बल खेलेर १२ रन बनाउँदै आउट भए ।

उनले लुम्बिनीविरुद्ध १ चौका र एक छक्का मात्रै प्रहार गरे । उनलाई लुम्बिनीका शेर मल्ले जेजे स्मिटको हातबाट क्याच आउट गरेका हुन् । कर्णालीको पहिलो विकेटका रुपमा पञ्चाल ३ ओभरको पाँचौ बलमा आउट भए ।

पञ्चाल जारी सिजनको सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले सिजनको दोस्रो र टिमको पहिलो खेलमा चितवन राइनोजविरुद्ध ४८ बलमा ७ चौका ६ छक्काको सहयोगमा ९० रन जोडेका थिए । जारी सिजनमा यो उच्च रन हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेको कर्णालीले १५७ रनको लक्ष्य पछ्याउँदै जावाफी ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  १ : ३४ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका