कर्णालीका मार्कको शतकमा लुम्बिनी ९ विकेटले पराजित « Khabarhub

कर्णालीका मार्कको शतकमा लुम्बिनी ९ विकेटले पराजित


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन अन्तर्गतको शनिबारको खेलमा ओपनर मार्क वाटको शतकमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको छ ।

कर्णालीलाई सिजनको पहिलो जित दिलाउन कर्णालीका वाटले ४४ बलमा अविजीत ११४ रन प्रहार गरे । वाट जारी सिजनमा पहिलो शतक हान्ने खेलाडी बनेका छन् । जारी सिजनको सार्वधिक रन स्कोरर पनि उनी बनेका छन् ।

मार्कले आफ्नै टिमका अर्का ओपनर प्रियाङ्क पञ्चालको रकेर्ड तोडेका हुन् । प्रियाङ्कले सिजनको दोस्रो र टिमको पहिलो खेलमा चितवन राइनोजविरुद्ध ४८ बलमा ९० रन बनाएर आउट भएका थिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १५७ रनको लक्ष्य दिएपछि जवाफी ब्याटिङ गरेको कर्णालीले १२ ओभरको दोस्रो बलमै लक्ष्य पूरा गरेको हो । कर्णालीले १ विकेटको क्षतिमा १६१ रन बनायो ।

कर्णालीलाई जिताउन विलियम विसिस्टोले २० बलमा २ चौका र १ छक्काको सहयोगमा २९ रन जोडे । ओपनर प्रियाङ्क पञ्चालको ब्याटिङ भने चलेन । उनले १० बल खेल्दा १ चौका र १ छक्काको सहयोगमा १२ रन जोडे ।

कर्णालीले यस सिजनमा आफ्नो दोस्रो खेलमा पहिलो जित भेट्टाएको छ । ब्याटिङतर्फ यो जितको जस मार्क वाटलाई जान्छ । यस खेलमा लुम्बिनीको बलिङ फितलो बन्यो ।

कर्णालीको एक मात्रै विकेट लिने लुम्बिनीका खेलाडी शेर मल्ल हुन् । तीन ओभर बलिङ गर्दा उनले २९ रन खर्चेर कर्णालीका ओपनर प्रियाङ्कको विकेट लिए ।

लुम्बिनीबाट कप्तान रोहितले सबैभन्दा खर्चिलो बलिङ गरे । उनले २ ओभर बलिङ गर्दा ३८ रन खर्चिए । त्यसपछिका खर्चिला बलर जेजे स्मिट हुन । उनले १ ओभर बलिङ गर्दा १७ रन खर्चिए ।

डी आर्सी सर्ट पनि लुम्बिनीका खर्चिला बलर हुन् । उनले १ ओभर २ बल बलिङ गर्दा २३ रन खर्चिए । गुलबदिन नैबले २ ओभर बलिङ गर्दा २५ रन र अविषेक गौतमले १ ओभर बलिङ गर्दा १२ रन खर्चिए ।


प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  २ : ०८ बजे

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन : निष्क्रिय खाता न्यूनीकरणका लागि कार्ययोजना बनाएर लागू गर्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह

सिनामङ्गल–बानेश्वर क्षेत्रमा वाग्मती सफाइ, दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै