विराटनगरविरुद्ध काठमाडौंको ब्याटिङ संकटतिर, १३ रन जोड्दा ३ विकेटको क्षति « Khabarhub

विराटनगरविरुद्ध काठमाडौंको ब्याटिङ संकटतिर, १३ रन जोड्दा ३ विकेटको क्षति


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार जारी दोस्रो खेलमा विराटनगर किङ्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गुर्खाजले लगालग विकेट गुमाएको छ ।

यससँगै काठमाडौंको ब्याटिङ संकटतिर धकेलिएको छ । ओपनरसहित दुई ब्याटर दोहोरो रन नबनाइ आउट भएका छन् । खेल ४ ओभरको पहिलो बलमा पुग्दा काठमाडौं ३ विकेटको क्षतिमा १३ रनको संकटपूर्ण अवस्थामा छ ।

तेस्रो विकेटका रुपमा प्रतीक श्रेष्ठ आउट भएका हुन । उनले ६ बलमा २ रन जोडे ।

उनलाई विराटनगरका मर्चेन्ट डे लाङ्गेले लोकश बममार्फत् क्याच आउट गराएका हुन् । मर्चेन्टकै बलमा काठमाडौंका ओपनर आकाश त्रिपाठी पहिलो ओभरको पाँचौ बलमा रनको खाता नखोली आउट भए ।

पाँच बल सामना गरेका आकाश कप्तान सन्दीप लामिछानेमार्फत् क्याच आउट भएका हुन् । खेल २ ओभरको २ बलमा पुग्दा काठमाडौंले दोस्रो विकेटका रुपमा रिकार्डो भास्कोन्सेलोसलाई गुमाएको हो ।

४ बलमा ३ रन जोड्दै उनी रन आउट भए । उनी आउट हुँदा काठमाडौं २ विकेटको क्षतिमा ७ रनको अवस्थामा पुगेको थियो । विराटनगरको कसिलो बलिङले काठमाडौंका ब्याटरहरु दबाबमा परेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ३ : ५८ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको