कांग्रेसले प्रतिनिधि सभाको चुनाव लड्ने « Khabarhub

कांग्रेसले प्रतिनिधि सभाको चुनाव लड्ने


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचन भाग लिने निर्णय गरेको छ ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको हो । 

निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेन–जी प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने पार्टीको दृढ विश्वास रहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ । निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य रहेपनि हजारौँ कैदीबन्दी फरार रहनु, ठूलो परिमाणमा हातहतियार हराइरहनु, राजनीतिक दलहरूले निर्वाध रूपमा आफ्ना कार्यक्रम सञ्चालन गर्न नपाउने परिस्थिति गम्भीर रहेको कांग्रेसको निष्कर्ष छ । 

बैठकले निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र भयरहित बनाउनका लागि निर्वाचन आयोग, सरकार एवं सम्वद्ध पक्षलाई आवश्यक वातावरण निर्माण गर्न माग गरेको छ । 

त्यस्तै बैठकले तत्काल शान्ति–सुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आम नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न माग गरेको प्रवक्ता महतले बताए । 

बैठकले विश्वास र समझदारी आवश्यक भएकोले कुनै पनि हिंसा वा उत्तेजनाको बाटो नअपनाउन, निषेधको राजनीति नगर्न तथा संयमता अपनाएर संवाद मार्फत समाधान खोज्न आह्वान समेत गरेको उनले बताए ।

प्रवक्ता महतले पार्टीको महाधिवेशनका विषयमा पार्टीलाई एकतावद्ध गरेर सर्वसम्मत निर्णय गर्ने जानकारी दिए ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ४ : ४३ बजे

एनपीएलमा विराटनगर किङ्ग्सको जित, काठमाडौं गोर्खाज ५ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार भएको दोस्रो खेलमा

कांग्रेसको निष्कर्ष : वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन

पाटन– नेपाली कांग्रेसले देशमा उत्पन्न वर्तमान अवस्थाको उचित राजनीतिक निकास

विराटनगरले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार जारी दोस्रो खेलमा

विराटनगरले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार जारी दोस्रो खेलमा

काबुल–इस्लामावाद तनावले पाकिस्तानमा रहेका अफगान आप्रवासी प्रभावित

एजेन्सी– काबुल र इस्लामाबाद बिच बढ्दो तनावले पाकिस्तानमा बसोबास गर्दै