निर्वाचनअघि पार्टीको महाधिवेशन अनिवार्य : गगन थापा « Khabarhub

निर्वाचनअघि पार्टीको महाधिवेशन अनिवार्य : गगन थापा


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन निर्वाचनभन्दा अघि अनिवार्य रुपमा गर्नैपर्ने बताएका छन् ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले नयाँ नीति र नेतृत्वका साथ पार्टी निर्वाचनमा होमिनुपर्ने भन्दै निर्वाचनभन्दा अघि अनिवार्य रुपमा पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका हुन् ।

निर्वाचनअघि नियमित महाधिवेशन गर्नका लागि समय अपुग हुने भएकाले अव विशेष महाधिवेशन निर्विकल्प भएको उनले बताए ।

महामन्त्री थापाले पुस मसान्तभित्रमा आवधिक अधिवेशन पनि नगर्ने र विशेष महाधिवेशन पनि गर्दिन भन्न नपाइने जिकिर गरे । उनले आगामी मंसिर ११ गते बस्ने बैठकले पुस भित्र आवधिक अधिवेशन वा मंसिर मसान्तभित्र विशेष महाधिवेशनको निर्णय गर्नेबाहेक अन्य कुनै विकल्प नरहेको स्पष्ट पारे ।

उनले महाधिवेशनका विषयमा सकभर एकमतका साथै निर्णय गर्ने प्रयास भइरहेको पनि बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ४ : ४९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली