निर्वाचनअघि पार्टीको महाधिवेशन अनिवार्य : गगन थापा « Khabarhub

निर्वाचनअघि पार्टीको महाधिवेशन अनिवार्य : गगन थापा


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन निर्वाचनभन्दा अघि अनिवार्य रुपमा गर्नैपर्ने बताएका छन् ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले नयाँ नीति र नेतृत्वका साथ पार्टी निर्वाचनमा होमिनुपर्ने भन्दै निर्वाचनभन्दा अघि अनिवार्य रुपमा पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका हुन् ।

निर्वाचनअघि नियमित महाधिवेशन गर्नका लागि समय अपुग हुने भएकाले अव विशेष महाधिवेशन निर्विकल्प भएको उनले बताए ।

महामन्त्री थापाले पुस मसान्तभित्रमा आवधिक अधिवेशन पनि नगर्ने र विशेष महाधिवेशन पनि गर्दिन भन्न नपाइने जिकिर गरे । उनले आगामी मंसिर ११ गते बस्ने बैठकले पुस भित्र आवधिक अधिवेशन वा मंसिर मसान्तभित्र विशेष महाधिवेशनको निर्णय गर्नेबाहेक अन्य कुनै विकल्प नरहेको स्पष्ट पारे ।

उनले महाधिवेशनका विषयमा सकभर एकमतका साथै निर्णय गर्ने प्रयास भइरहेको पनि बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ४ : ४९ बजे

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका