एनपीएलमा विराटनगर किङ्ग्सको जित, काठमाडौं गोर्खाज ५ विकेटले पराजित « Khabarhub

एनपीएलमा विराटनगर किङ्ग्सको जित, काठमाडौं गोर्खाज ५ विकेटले पराजित


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार भएको दोस्रो खेलमा विराटनगर किङ्ग्सले काठमाडौं गोर्खाजलाई पाँच विकेटले पराजित गरेको छ ।

काठमाडौं गोर्खाजले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य विराटनगर किङ्ग्सले १७ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । विराटनगरका लागि जर्ज मन्सेले सर्वाधिक ३६ रन बनाए । १६ बलको सामना गरेका उनले २ छक्का र ५ चौका प्रहार गरे । त्यसैगरी, मार्टिन गप्टिलले २५ र नरेन साउदले २४ रन जोडे ।

बलिङतर्फ काठमाडौंका शाहब आलमले २ विकेट लिए । जेरहार्ड एरास्मस, करण केसी र सन्तोष यादवले समान एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो ।

काठमाडौंका मोहम्मद आदिल आलमले सर्वाधिक ४८ रन बनाए । २५ बलको सामना गरेका उनले २ छक्का र ४ चौका प्रहार गरे । त्यसैगरी, बेन चार्ल्सवर्थले ३२ र सन्तोष यादवले २६ जोडे ।

विराटनगरका मार्चेन्ट डे लङले २ विकेट लिए भने सन्दीप लामिछाने, सूर्य तामाङ र शुभम रन्जानेले समान एक विकेट लिए ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ६ : ४२ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको