एनपीएलमा विराटनगर किङ्ग्सको जित, काठमाडौं गोर्खाज ५ विकेटले पराजित « Khabarhub

एनपीएलमा विराटनगर किङ्ग्सको जित, काठमाडौं गोर्खाज ५ विकेटले पराजित


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार भएको दोस्रो खेलमा विराटनगर किङ्ग्सले काठमाडौं गोर्खाजलाई पाँच विकेटले पराजित गरेको छ ।

काठमाडौं गोर्खाजले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य विराटनगर किङ्ग्सले १७ ओभर २ बलमा ५ विकेट गुमाउँदै भेट्टायो । विराटनगरका लागि जर्ज मन्सेले सर्वाधिक ३६ रन बनाए । १६ बलको सामना गरेका उनले २ छक्का र ५ चौका प्रहार गरे । त्यसैगरी, मार्टिन गप्टिलले २५ र नरेन साउदले २४ रन जोडे ।

बलिङतर्फ काठमाडौंका शाहब आलमले २ विकेट लिए । जेरहार्ड एरास्मस, करण केसी र सन्तोष यादवले समान एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो ।

काठमाडौंका मोहम्मद आदिल आलमले सर्वाधिक ४८ रन बनाए । २५ बलको सामना गरेका उनले २ छक्का र ४ चौका प्रहार गरे । त्यसैगरी, बेन चार्ल्सवर्थले ३२ र सन्तोष यादवले २६ जोडे ।

विराटनगरका मार्चेन्ट डे लङले २ विकेट लिए भने सन्दीप लामिछाने, सूर्य तामाङ र शुभम रन्जानेले समान एक विकेट लिए ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ६ : ४२ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका