किसान श्रेष्ठको घरमा बिनाअनुमति छिर्‍यो सुदनको समूह, फेरि घर जलाउने धम्की दिएको आरोप  « Khabarhub

किसान श्रेष्ठको घरमा बिनाअनुमति छिर्‍यो सुदनको समूह, फेरि घर जलाउने धम्की दिएको आरोप 


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

बारा– नेकपा एमालेका नेता कृष्ण कुमार श्रेष्ठ (किसान) को बारा जितपुर सिमरा नगरपालिकास्थित घरमा आफूलाई जेन-जीको नेता बनाउने सुदन गुरूङको समूह बिनाअनुमति छिरेको छ । 

बाराको सिमरामा यही मंसिर  ३ र ४ गते भएको झडपपछि अवस्था शान्त पार्ने कोसिस भइरहेका बेला सुदनले किसानको घरमा छिरेर धाक(धम्की दिएको आरोप लागेको छ।

नेकपा एमालेका नेता तथा बारा–४ का पूर्वप्रतिनिधि सभा सदस्य किसान भदौ २३ र २४ को घटनामा गहिरो दुःख व्यक्त गरेको सन्दर्भमा सुदनको समूह घरमै छिरेर धम्की दिएको खुलेको छ । 

श्रेष्ठका अनुसार पार्टी कामका लागि काठमाडौंमा रहेका बेला मंसिर ६ गते बिहान करिब ११ बजे जेन–जीका नेता भएको दाबी गर्ने सुदन गुरुङ नामक व्यक्ति उनको औराहास्थित घरमा प्रवेश गरी लुटपाट शैलीमा धम्क्याएका हुन् । 

उनका कर्मचारी र कामदारलाई भदौ २४ गते जलाइएका घर पुनर्निर्माण रोक्ने चेतावनी दिइएको उनले बताएका छन् । यसका साथै घर फेरि जलाइदिने धम्कीसमेत दिएको श्रेष्ठले बताएका छन्। उनले आफू सम्बद्ध नेतामाथि पनि केही पनि हुन सक्छ भन्ने धम्की आएको उल्लेख गरेका छन्।

श्रेष्ठले जेन–जी नाम प्रयोग गरेर भइरहेका गतिविधिले स्थानीय क्षेत्रमा आतंक फैलिएको भन्दै यसलाई रोक्न तथा शान्ति सुरक्षाको प्रत्याभूति दिन नेपाल सरकार र स्थानीय सरकारलाई तत्काल ध्यान दिन आग्रह गरेका छन्।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ७ : ५८ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको