किसानलाई धानको मूल्य पाउन समस्या « Khabarhub

किसानलाई धानको मूल्य पाउन समस्या


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा धान खरिदको काम स्थगित गरेपछि किसानलाई धान बिक्री गर्न बजारको समस्या भएको छ । कम्पनीले धान खरिद गर्न रोकेको र निजी क्षेत्रका व्यापारीले सस्तो मूल्यमा खरिद गर्न सकिने बताउन थालेपछि आफू समस्यामा परेको किसानले बताएका छन् ।

“व्यापार कम्पनीले धान खरिद गर्न रोकेको छ, निजी व्यापारीले तोके बमोजिमको मूल्यमा बेच्नुपर्दा लागानी पनि उठ्न सक्ने अवस्था छैन”, गोदावरी नगरपालिकाका किसान सुभाष चौधरीले भने। कम्पनीले तोकिएको कोटा बमोजिमको परिमाणमा धान खरिद गरिसकेपछि खरिद स्थगित गरेको हो ।

थप कोटाको धान खरिद गर्ने वा नगर्ने भन्नेमा आजसम्म कुनै टुङ्गो लाग्न नसकेको धनगढीस्थित कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाले बताए । कम्पनीको धनगढीस्थित प्रादेशिक कार्यालयले मोहनपुरबाट गत १२ कात्तिकदेखि र टीकापुर, सत्ती, जोशीपुर भजनी, गौरीगङ्गा क्षेत्रमा कात्तिक १६ देखि धान खरिद गर्न थालेको थियो ।

निजी व्यापारी (गल्ला व्यापारी)ले सरकारले तोकेको न्यूनतम् समर्थन मूल्यको तुलनामा निकै कम अर्थात् प्रतिक्विन्टल रु दुई हजार ६०० सम्ममा धान खरिद गर्ने गुनासो किसानको छ । कार्यालय प्रमुख थापाले यस वर्ष ३५ हजार क्विन्टल धान खरिदको कोटा तोकिएकामा योभन्दा थप तीन हजार क्विन्टल बढी धान खरिद गरिसकिएको जानकारी दिए ।

उनले भने, “उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको टोलीले कैलालीमा किसान र उत्पादनको परिमाणका बारेमा स्थलगत अध्ययन गरी फर्किएको छ, कोटा थप नभएसम्म धान खरिद गर्न सकिने अवस्था छैन ।”

सरकारले यस वर्ष प्रतिक्विन्टल मोटा धान रु तीन हजार ४६३, पैसा ८१ र मध्यम धानको रु तीन हजार ६२८ पैसा ३३ न्यूनतम् समर्थन मूल्य तोकेको छ । सरकारले मोटा धान र मध्यमधानको न्यूनतम् समर्थन मूल्य निर्धारण गरेपनि कैलालीको हकमा कम्पनीले विगतमा जस्तै मोटा धान मात्र खरिद गर्दै आएको छ ।

किसानले धानको उचित मूल्य नपाइरहेको अवस्थामा व्यापार कम्पनी लिमिडेडले खरिदको व्यवस्था गर्दा उचित मूल्य पाएर राहत मिलेपनि थप किसानको धान भने बिक्री हुन सकिरहेको छैन । कैलालीमा गत वर्ष झण्डै ५० हजार क्विन्टल धान खरिद गर्ने कोटा तोकिएकामा ३४ हजार ५०१ क्विन्टल खरिद गरिएको थियो ।

सरकारले समयमै न्यूनतम् समर्थन मूल्य तोक्दा धानको बजार मूल्य कामय गर्न केही हदसम्म सघाउ पुर्‍याउने गरेको किसानको भनाइ छ । नेपालमा वर्षेनी रु २० अर्ब हाराहारीको धान र चामल भारतबाट आयात हुने गरेकामा गत वर्ष रु ४३ अर्ब बराबरको धान र चामल आयात भएको जनाइएको छ ।

भारतबाट सस्तो मूल्यमा आयातित धान निजी व्यापारीका गोदाममा अझैँ मौज्दात रहेकोको अवस्थामा व्यापारीले थप धान खरिद गर्न नसक्दा स्थानीय उत्पादनले बजार पाउन नसकिरहेको कार्यालय प्रमुख थापाले बताए ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ९ : ५० बजे

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न

रास्वपा सिरहा अधिवेशनमा कुटाकुट : र्‍यापिड एक्सन टिमका सदस्यको सर्टमा प्वाल पर्यो, औँला भाँचियो !

सिराहा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिरहा जिल्ला अधिवेशनमा नेतृत्व

खोटाङमा एमालेबाट २ पटक वडाध्यक्ष जितेका राईद्वारा पार्टी छाडेको घोषणा

खोटाङ – खोटाङमा नेकपा एमालेबाट दुई पटक निर्वाचित वडाध्यक्षले पार्टी

ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्यता पत्र बनाइएको भन्दै एमालेको आपत्ति

काठमाडाैं – नेकपा (एमाले)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा

परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट

काठमाडौं – परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जापानका राजदूत