मनमोहक तनहुँको ‘दुबुङ गाउँ’ « Khabarhub

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित दुबुङ गाउँ फेरिएको छ । पर्यटकीय दृष्टिकोणबाट यस क्षेत्र उपयुक्त मानिन्छ । तर, विकास तथा प्रवर्द्धनको अभावले ओझेलमा परेको क्षेत्र अहिले लयमा फर्किदै छ ।

ऋषिङ गाउँपालिका–३ स्थित दुबुङ क्षेत्र पर्यटकीय, ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्यको तवरबाट भरिपूर्ण रहेको सेवा निवृत्त प्रधानाध्यापक एवम् स्थानीयवासी हर्कबहादुर थापाले बताए । उनले भने, ‘गाउँबाट सदरमुकाम दुबुङडाँडा अर्थात दुबुङकोटबाट नजिकै देखिन्छ । तर, त्यहाँ पुग्न हामीलाई धेरै सास्ती खेप्नुपर्ने हुन्थ्यो । अहिले सहज बन्दै गएको छ । विकासोन्मुख अवस्थामा पुगेको छ ।’ विकासले गति लिँदै जाँदा यहाँको प्रचारप्रसार पनि भइरहेको उनको भनाइ छ ।

ऋषिङ– ३ का वडाध्यक्ष भीमबहादुर थापाले प्रवर्द्धनको अभावमा ओझेलमा परेको दुबुङ गाउँ प्रचारप्रसार हुन थालेपछि आन्तरिक पर्यटकको आवागमन हुन थालेको बताए । उनले भने, ‘दुबुङबाट जिल्लाका अधिकांश ठाउँको अवलोकन गर्न सकिन्छ । दुबुङकोटबाट जिल्लाको सदरमुकाम दमौली, ऋषिङका विभिन्न भूभाग, देवघाट क्षेत्रलगायत जिल्लाको मात्रै नभइ गोर्खाको मनकामना, गोर्खा बजार, चितवनको इच्छाकामना, नवलपुरको बुलिङटार, कालीगण्डकी करिडोरलगायतका स्थान सहजै देख्न सकिन्छ ।’

दुबुङ प्राकृतिक रुपमा अत्यन्त सुन्दर भएकाले यसको व्यवस्थित प्रचारप्रसारबाट आन्तरिक तथा बाह्य दुवै पर्यटक भित्र्याउन यहाँका स्थानीय लालायित छन् । दुबुङस्थित भालथुम्केमा पछिल्लो समय बृहत् चिया बगान विस्तार गरिएको छ ।

यहाँको आकर्षणको केन्द्र चिया बगान, नेपालका अधिकांश हिमशृङ्खला यहाँबाट अवलोकन गर्न सकिन्छ । सहज सडक बनाउने प्रयासमा रहेको र यहाँ बसोबासका लागि घरबास (होमस्टे) सञ्चालनमा रहेका छन् । बासोबासको व्यवस्थाले पनि हाल पर्यटन गन्तव्यको रुपमा विकास हुँदै गएको वडाध्यक्ष थापाले बताए ।

पहाडको काखमा बसेको यो स्थान केबल प्राकृतिक सुन्दरता मात्रै होइन, पहाडी जीवनशैली, कृषि पर्यटन, दृश्यावलोकन र ऐतिहासिक झल्कोले पनि भरिपूर्ण छ ।

दुबुङको आकर्षक भौगोलिक बनावट, प्राकृतिक सौन्दर्यसँगै यहाँको महाशीला धार्मिक तवरबाट महत्वपूर्ण रहेको उनको भनाइ छ । उनका अनुसार यहाँका महत्वपूर्ण स्थलको योजनाबद्ध रुपमा प्रवर्द्धन गर्नसके पर्यटन विकासमा ठूलो फड्को मार्न सकिनेछ ।

डाँडामा पुग्नका लागि पदमार्ग, वनभोजस्थल दृश्यावलोकनका लागि भ्युटावर गरेर थप आकर्षण बनाइएको छ । ती पदमार्गमार्फत डाँडातर्फ उक्लदाको हिमशृङ्खलाको दृश्यसँगै आफ्ना तस्बिर लिन सकिन्छ ।

यहाँ बाइसे चौबिसे राज्यका तनुङे, भिरकोटे, दुबुङ्गे राजाको झल्को दिनेगरी ढुङ्गाको राजगद्दी हाल पनि देख्न सकिन्छ । दुबुङकोटबाट जिल्ला सदरमुकाम दमौली, चाइना पुल, ऋषिङ, ग्वास्लुङ, काहुशिवपुर, मानुङ, छिम्केश्वरी, छिपछिपे, छेरङ्गा, मौरीबास, कॉफलडाँडा, भिरकोट, थप्रेकको दृश्य अवलोकन गर्न सकिनेछ ।

यहाँबाट देवघाट क्षेत्रलगायत जिल्लाको मात्रै नभइ गोर्खाको मनकामना, गोर्खा बजार, चितवनको इच्छाकामना, नवलपुरको बुलिङटार, नागबेली कालीगण्डकी, कालीगण्डकी करिडोर अवलोकन गर्न सकिन्छ । (रासस)

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ११ : ५२ बजे

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक