भारतीय प्रधानमन्त्री मोदीको जीवन कथामा आधारित ‘माँ वन्दे’ छायाङ्कनमा : मुख्य भूमिकामा उन्नी मुकुन्दन « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीको जीवन कथामा आधारित ‘माँ वन्दे’ छायाङ्कनमा : मुख्य भूमिकामा उन्नी मुकुन्दन


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवन कथामा आधारित चलचित्र ‘माँ वन्दे’ औपचारिक रूपमा छायाङ्कन चरणमा प्रवेश गरेको छ । 

यस बायोपिकको सुटिङ शनिबारबाट सुरु भएको हो । फिल्मका निर्माण टोलीले फिल्मको आधिकारिक एक्स (ट्विटर) मार्फत छायाङ्कन सुरु हुनुअघि गरिएको पूजा–अनुष्ठानका तस्बिर सार्वजनिक गर्दै जानकारी दिएको छ ।

भारतीय  मिडिया अनुसार फिल्म ‘माँ वन्दे’ केवल राजनीतिक कथा मात्र नभई एक साधारण व्यक्तिले असाधारण यात्रा तय गर्दै देशको नेतृत्वसम्म पुगेको प्रेरणादायी कथा हो ।  चलचित्रमा प्रधानमन्त्री मोदीको बाल्यकाल, संघर्षका दिनदेखि राजनीतिक रूपमा स्थापित नेतासम्मको यात्रा सिनेम्याटिक ढंगले प्रस्तुत गरिनेछ ।

फिल्मको मुख्य भूमिकामा अभिनेता उन्नी मुकुन्दन देखिँदैछन् । ‘मार्को’ र ‘मलिकप्पुरम’ जस्ता चलचित्रबाट पहिचान बनाएका मुकुन्दन यसपटक प्रधानमन्त्री मोदीको भूमिकामा प्रस्तुत हुन लागेका हुन् । 

यद्यपि उनको जन्म केरलमा भएको हो, तर बाल्यकाल र विद्यालय तहको शिक्षा गुजरातको अहमदाबादमा बितेकाले उनी मोदीको चरित्रसँग स्वाभाविक रूपमा जोडिन सक्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।

‘माँ वन्दे’ को निर्देशन क्रान्ति कुमार सीएच ले गरिरहेका छन् भने वीर रेड्डी एम ले ‘सिल्भर कास्ट क्रिएसन’ ब्यानरमार्फत निर्माण गरिरहेका छन् । 

प्रधानमन्त्री मोदीको जन्मदिनको अवसर पारेर गत सेप्टेम्बरमा सार्वजनिक गरिएको यो प्रोजेक्टले उनको नेतृत्वशैली, राजनीतिक उदय र जीवनका निर्णायक मोडहरूलाई केन्द्रमा राख्नेछ।

सन् २०११ मा तमिल चलचित्रबाट अभिनय यात्रा सुरु गरेका उन्नी मुकुन्दनले दक्षिण भारतीय सिनेमामा बलियो उपस्थिति जनाइसकेका छन् । 

अब ‘माँ वन्दे’ मार्फत उनी भारतीय राजनीतिका सबैभन्दा प्रभावशाली नेतामध्ये एकको भूमिकामा देखिँदा दर्शकको उत्सुकता अझ बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १२ : ४० बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध