६ लाख २५ हजारले हेरे ‘परान’, कति गर्‍यो व्यापार ? « Khabarhub

६ लाख २५ हजारले हेरे ‘परान’, कति गर्‍यो व्यापार ?


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपक आचार्य ‘काकु’ को डेब्यू निर्देशन रहेको फिल्म ‘परान’ हेर्न ६ लाख २५ हजार ६२५ वटा टिकट बिक्री भएको छ ।

चलचित्र विकास बोर्डले साप्ताहिक ब्रिफिङमार्फत् यसबारे जानकारी दिएको हो ।

बोर्डका अनुसार यो फिल्मले कात्तिक १४ देखि पुस ५ सम्म १७ करोड ६१ लाख ग्रस कलेक्सन गरेको छ ।

यससँगै ‘परान’ आधिकारिक रुपमा सर्वाधिक ग्रस कलेक्सन गर्ने चौथो फिल्म बनेको छ । यसअघि चौथो स्थानमा रहेको ‘छक्का पञ्जा ४’लाई यसले उछिनेको हो ।

‘छक्का पञ्जा ४’को ग्रस कलेक्सन १७ करोड ५३ लाख छ ।

’परान’मा कलाकार नीर शाह शीर्ष भूमिकामा छन् । नायकहरु प्रवीण खतिवडा, महेश त्रिपाठी, नायिकाहरु केकी अधिकारी र अञ्जना बराइली मुख्य भूमिकामा रहेका छन् ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १२ : ४३ बजे

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा