पृथ्वीनारायणको तस्बिरबारे सेनाको जवाफ : राजनीतिक प्रयोग होइन, राष्ट्रिय एकताको सन्देश हो « Khabarhub

पृथ्वीनारायणको तस्बिरबारे सेनाको जवाफ : राजनीतिक प्रयोग होइन, राष्ट्रिय एकताको सन्देश हो


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा नेपाली सेनाका तर्फबाट सार्वजनिक गरिएको सन्देशमा पृथ्वीनारायण शाहको तस्बिर प्रयोग गरिएको विषयलाई लिएर भएको आलोचनाप्रति नेपाली सेनाले स्पष्ट प्रतिक्रिया दिएको छ।

जङ्गी अड्डाले सार्वजनिक एक गरेको लेखमा पृथ्वीनारायण शाह आधुनिक नेपालको निर्माता तथा राष्ट्रिय एकताको प्रतीक भएको उल्लेख गरिएको छ।

प्रधान सेनापति अशोक सिग्देलले सन्देश जारी गर्दा पृथ्वीनारायणको तस्बिर प्रयोग गरेको विषयलाई कुनै राजनीतिक सन्देशका रूपमा व्याख्या गर्नु गलत भएको जंगी अड्डाले जनाएको छ।

सेनाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाह कुनै पनि तन्त्र वा राजनीतिक वादभन्दा माथि रहेको ऐतिहासिक सत्य भएको बताएको छ।

लेखमा भनिएको छ, ‘सङ्कटको घडीमा राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको स्मरण गराउनु राजनीतिक एजेन्डा होइन, बरु राष्ट्रिय चेतनाको आह्वान हो। त्यही भावनासहित सेना नेतृत्वले एकताको सन्देश दिन खोजिएको हो ।’

सेनाले सामाजिक सद्भाव, राष्ट्रिय एकता र स्थायित्व कायम गर्नु आफ्नो संवैधानिक जिम्मेवारी भएको उल्लेख गर्दै यस्तो सन्देशलाई राजनीतिक दृष्टिले हेर्नु अनुचित हुने जनाएको छ।

सेनाले यसअघि पनि संविधान, नागरिक सर्वोच्चता र निर्वाचित सरकारको अधीनमा रहेर मात्र काम गर्दै आएको दाबी दोहोर्‍याउँदै राष्ट्रिय हित र जनताको जीवन सुरक्षालाई नै सर्वोच्च प्राथमिकतामा राखिएको स्पष्ट पारेको छ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १ : ४२ बजे

झापा-५ मा सेना, प्रहरी र सशस्त्रको संयुक्त गस्ती (तस्बिरहरू)

काठमाडौं- यही फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा-५

चीन-जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास

एजेन्सी– युक्रेनमा रुसको युद्ध र व्यापारिक मतभेदका बाबजुद चीनका राष्ट्रपति

स्वास्थ्यमन्त्री र अमेरिकी राजदूतावासका कार्यवाहक प्रमुखबीच सहकार्यबारे छलफल

काठमडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

चुनावको मुखमा रास्वपा जिल्ला सभापति नै कांग्रेसतिर

नवलपरासी – चुनाव आउन केही दिन बाँकी रहेको अवस्थामा राष्ट्रिय

लिङ्देन भन्छन् : यो चुनावमा नेपाल र नेपाली प्रथम हुने कुरालाई ध्यान दिनुस्

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल र नेपाली प्रथम भन्ने