एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता « Khabarhub

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिब २ दशमलव ३७ करोड अमेरिकी डलर मूल्यका दुई वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ ।

सोमबार काठमाडौंमा एमसिए–नेपालले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको सडक खण्डमा फूल डेप्थ रिक्लेमेशन तथा सुपरपेभ प्रविधि प्रयोग गरेर सडक स्तरोन्नति कार्यका लागि सम्झौता गरेको हो ।

यसैगरी एमसिए–नेपालले हालै उक्त सडक खण्डको सडक स्तरोन्नति कार्य र नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इण्टरनेशनल कन्सल्टाण्ट्स एण्ड टेक्नोक्राट्स प्रालिसँग सम्झौता गरेको छ ।

आयोजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किमी सडक खण्डमा स्तरोन्नतिको क्रममा सात मिटरको क्यारिज वे र २ दशमलव ५ मिटरको शोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिने एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले जानकारी दिए ।

सम्झौता अन्तर्गतका क्रियाकलापले व्यापार एवं सवारी सञ्चालन लागतलाई घटाउने र सडक सुरक्षामा अभिवृद्धि गर्ने विश्वास लिएको उनले बताए ।

त्यस्तै नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सरकारका सबै तहमा साझा प्रतिबद्धता प्रतिबिम्बित गर्ने अर्को उपलब्धि भएको बताए । 

अर्थ मन्त्रालयका सह–सचिव डा. धनिराम शर्माले नेपालमा पहिलोपटक भित्रिएको नवीनतम प्रविधिबाट नेपालमा दिगो, प्रभावकारी तथा मितव्ययी सडक मर्मतका लागि मार्गप्रशस्त भएको र एमसिए–नेपाल यो आयोजना समयमै सम्पन्न गर्न सक्षम रहेको बताए । 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ३ : २८ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने