‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार « Khabarhub

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः उपस्थित हुन लागेका छन् । उनी सोनी टिभीमा प्रसारित हुने नयाँ रियालिटी शो ‘ह्वील अफ फर्च्यून’ को होस्ट बन्ने तयारीमा छन् ।  निर्माताले हालै शोको प्रोमो सार्वजनिक गरेका छन् ।

यो कार्यक्रम विश्वभर करिब ६० देशमा लोकप्रिय छ र अमेरिकामा आठ पटक एमी अवार्ड जितिसकेको नम्बर एक गेम शो मानिन्छ । 

भारतीय मिडिया अनुसार, यो कार्यक्रम सन् २०२६ को सुरुवातमा अमिताभ बच्चनको ‘कौन बनेगा करोडपति’ पछि प्रिमियर हुन सक्ने सम्भावना रहेको छ, यद्यपि निर्माताले अहिलेसम्म आधिकारिक मिति खुलाएका छैनन् ।

अक्षय कुमारको टेलिभिजन यात्रा सन् २००४ मा ‘सेभेन डेडली आट्र्स’ बाट सुरु भएको थियो । त्यसपछि उनी ‘खतरों के खिलाडी’ को सिजन १, २ र ४ होस्ट गर्न सफल भए । 

सन् २०१० मा उनी ‘मास्टर शेफ इन्डिया’ सिजन १ मा न्यायाधीश बने ।  २०१४ मा उनले ‘डेयर २ डान्स’, र २०१७ मा ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ मा जजको भूमिका निर्वाह गरे ।

निर्माताको रूपमा पनि अक्षय सक्रिय रहेका छन्; उनले ‘जमाई राजा’ धारावाहिक सिर्जना गरेका थिए। यसरी टेलिभिजनमा लामो समयपछि फर्कँदै गर्दा अक्षयले आफ्नो अनुभव र लोकप्रियता मार्फत दर्शकलाई मनोरञ्जनको नयाँ अनुभव दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ३ : ३४ बजे

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई