‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार « Khabarhub

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः उपस्थित हुन लागेका छन् । उनी सोनी टिभीमा प्रसारित हुने नयाँ रियालिटी शो ‘ह्वील अफ फर्च्यून’ को होस्ट बन्ने तयारीमा छन् ।  निर्माताले हालै शोको प्रोमो सार्वजनिक गरेका छन् ।

यो कार्यक्रम विश्वभर करिब ६० देशमा लोकप्रिय छ र अमेरिकामा आठ पटक एमी अवार्ड जितिसकेको नम्बर एक गेम शो मानिन्छ । 

भारतीय मिडिया अनुसार, यो कार्यक्रम सन् २०२६ को सुरुवातमा अमिताभ बच्चनको ‘कौन बनेगा करोडपति’ पछि प्रिमियर हुन सक्ने सम्भावना रहेको छ, यद्यपि निर्माताले अहिलेसम्म आधिकारिक मिति खुलाएका छैनन् ।

अक्षय कुमारको टेलिभिजन यात्रा सन् २००४ मा ‘सेभेन डेडली आट्र्स’ बाट सुरु भएको थियो । त्यसपछि उनी ‘खतरों के खिलाडी’ को सिजन १, २ र ४ होस्ट गर्न सफल भए । 

सन् २०१० मा उनी ‘मास्टर शेफ इन्डिया’ सिजन १ मा न्यायाधीश बने ।  २०१४ मा उनले ‘डेयर २ डान्स’, र २०१७ मा ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ मा जजको भूमिका निर्वाह गरे ।

निर्माताको रूपमा पनि अक्षय सक्रिय रहेका छन्; उनले ‘जमाई राजा’ धारावाहिक सिर्जना गरेका थिए। यसरी टेलिभिजनमा लामो समयपछि फर्कँदै गर्दा अक्षयले आफ्नो अनुभव र लोकप्रियता मार्फत दर्शकलाई मनोरञ्जनको नयाँ अनुभव दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ३ : ३४ बजे

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी