सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि « Khabarhub

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा जेन–जी प्रतिनिधिले डिजिटल भोटिङबारे तत्काल निर्णय दिन सरकारलाई अनुरोध गरेका छन् । 

कार्यक्रममा बोल्दै जेन–जीका तर्फबाट प्रतिनिधि सागर ढकालले प्रधानमन्त्री कार्यालय, निर्वाचन आयोग लगायत सरोकारवाला निकायले आफूहरूलाई फुटबल बनाएको बताएका छन् । 

उनले भने, ‘सर्वोच्चले सरकारलाई बाटो खुला गरिइदिइसकेको छ । विदेशमा लाखौँ नागरिक भोट हाल्न चाहन्छन् । जेन–नी आन्दोलनको माग पनि हो यो । यसका लागि सरकार गठन भएपछि कसरी काम गर्ने भन्ने सुझावसहित रिपोर्ट दिएका हौँ । त्यो रिपोर्टको सुझाव माग्न सरकारका विभिन्न निकायको ढोकामा पुग्दा हामी होइन आयोग जानु गृहले भन्छ, प्रधानमन्त्री कार्यालयले अर्कोतर्फ पठाउँछ । जिम्मेवार को ? हामीलाई फुटबल बनाउनुभएको छ । ’ 

सरकारले विभिन्न बहाना गरेर डिजिटल भोटिङलाई नटार्न अनुरोध समेत गरे ।  यस्तै कार्यक्रममा सहभागी अर्की जेन–जी अभियन्ता भावना रावतले पनि सागर ढकाललाई समर्थन गर्दै सरकार गठन हुने बित्तिकै गर्नुपर्ने छलफल यति बेला गर्नुमा प्रश्न गरिन् । 

‘सरकार, निर्वाचन आयोगले विदेश र अन्तरजिल्ला भोटिङलाई नसक्ने भन्दा पनि इच्छाशक्ति नभएको प्रस्ट छ । मतदान कार्ड बनाउन वायोमेट्रिक प्रणालीमा जान सकिन्छ भन्नेमा पनि हामीले दिनरात मेहनत गर्नुपरेको थियो । अन्ततः यो गर्‍यौ’ उनले थपिन्, हाललाई वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि सकिँदैन भने अन्तर जिल्ला भोटिङ कुनै पनि सर्तमा सम्भव हुनुपर्छ । ’
 
जुनसुकै जिल्लाबाट पनि मतदान गर्न सक्ने व्यवस्था गरेर मतदान अधिकार सुनिश्चित गर्न अनुरोध गरिन् । 

‘यहाँ काठमाडौंमा भएका नागरिकलाई १०/१५ हजार खर्च गरेर, अफिस बिदा लिएर मतदान गर्न आफ्नो जिल्ला जान सम्भव छैन । हामी नागरिक भएको नाताले मतदान गर्न पाउने अधिकार सरकारले सुनिश्चितता गर्नुपर्छ ।’ योसँगै उनले निर्वाचन आयोगलाई तत्काल गर्न सक्ने नसक्नेमा प्रस्ट निर्णय दिन चेतावनी दिइन् । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा छलफल सुरु भएको छ । 

 प्रधानमन्त्री कार्कीको उपस्थितिमा सुरु भएको छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगले प्रस्तुतीकरण दिइरहेका छन् ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ३ : ४५ बजे

रोगभन्दा औषधि अभावले बढी पिरोलिँदै क्यान्सरका बिरामी

काठमाडौँ- बजारमा क्यान्सर रोगको उपचारका लागि आवश्यक औषधिको चरम अभाव

आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने

काठमाडौँ – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को

महिलामाथि कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ

सिरहा– सिरहामा दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई

बाघको संरक्षणमा जोड

रौतहट– बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौँ– गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरेर